पोखरामा डरलाग्दो घटना, विभिन्न अङ्गहरु काटेर सूटकेशमा राखिएको महिलाको शव फेला

पोखरामा डरलाग्दो घटना, विभिन्न अङ्गहरु काटेर सूटकेशमा राखिएको महिलाको शव फेला

ठूलो मात्रामा लागुऔषध सहित २ जना पक्राउ

केन्द्रबिन्दु
18
Shares

कास्की। पोखरामा फेरी सूटकेसमा महिलाको शव फेला परेको छ । पछिल्ला दिनमा लागूऔषध कारोबार र एक रहस्यमय हत्या प्रकरणले सुरक्षा अवस्था चर्चाेमा आएको छ ।

तितेपानी क्षेत्रमा फेला परेको सूटकेशभित्र एक युवतीको शव भेटिएको घटनाले थप चिन्ता बढाएको छ । शरीरका विभिन्न भाग काटिएको अवस्थामा शव फेला परेपछि प्रहरीले यसलाई गम्भीर आपराधिक घटनाका रूपमा अनुसन्धान गरिरहेको छ । मृतकको पहिचान अझै खुल्न सकेको छैन।

कास्की प्रहरीले दुई अलग–अलग स्थानबाट लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । रामघाट क्षेत्रबाट २० वर्षीय युवकलाई ब्राउनसुगरसहित पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनीसँग करिब ८ ग्रामभन्दा बढी लागूपदार्थ फेला परेको छ र घटनाबारे अनुसन्धान जारी छ । यस्तै, सैनिक बस्तीबाट अर्को १९ वर्षीय युवक ठूलो परिमाणमा लागूऔषधसहित पक्राउ परेका छन्। उनको साथबाट हजारौँ एम्पुल लागूऔषध, नगद र मोबाइल बरामद गरिएको छ।

पछिल्लो समय लागूऔषध र आपराधिक गतिविधि बढ्दो देखिएकाले निगरानी कडा बनाइएको पनि प्रहरीले बताएको छ। प्रहरीले तीनवटै घटनालाई जोडेर हेर्ने वा अलग–अलग रूपमा अनुसन्धान गर्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ ।

Skip This
Skip This
Logo