गुल्मी। गुल्मीको रेसुङ्गा–३ भाडगाउँमा सडकबाट खस्दा एक वृद्धको मृत्यु भएको छ।
तम्घासतर्फबाट गौशालातर्फ जाँदै गरेका ७५ वर्षीय ज्ञानेश्वर पाण्डे करिब १० मिटर तल खसेका थिए। घटनास्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि प्रहरी टोली पुगेको र थप अनुसन्धान भइरहेको छ।





























प्रतिक्रिया