सेनाले गर्‍यो शिवपुरी क्षेत्रमा हराएका चार जनाको उद्धार, प्रहरीको जिम्मा लगाइयो

सेनाले गर्‍यो शिवपुरी क्षेत्रमा हराएका चार जनाको उद्धार, प्रहरीको जिम्मा लगाइयो

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र हराएका चार जनालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

निकुञ्ज अवलोकनका लागि गएका ती व्यक्ति सोमबार साँझपछि सम्पर्कविहीन भएको जानकारी प्राप्त भएपछि सुरक्षाकर्मीहरूले खोजतलास सुरु गरेका थिए।

खोजी अभियानका क्रममा निकुञ्ज सुरक्षामा खटिएको चन्दननाथ गणको टोलीले उनीहरूलाई राति करिब ९ बजे फेला पारेको थियो।

उद्धार गरिएका सबै जनालाई आवश्यक प्रक्रिया पूरा गरी थप व्यवस्थापनका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सम्बन्धित निकायले जनाएको छ।

Logo