काठमाडौँ । ललितपुरको यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको स्वीप अपरेशन टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका बिचौलियामाथि कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती र अवरोध सिर्जना गरेको आरोप लगाइएको प्रहरी परिसर ललितपुरले गरेको छ।





























प्रतिक्रिया