कालीगण्डकीमा हाम फालेर युवक बेपत्ता

कालीगण्डकीमा हाम फालेर युवक बेपत्ता

केन्द्रबिन्दु
36
Shares

पर्वत । कालीगण्डकी नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन्।जलजला गाउँपालिका–८ का २५ वर्षीय विशाल विक सोमबार साँझ प्रहरी जाँचबाट भाग्ने क्रममा नदीमा हाम फालेपछि बेपत्ता भएका हुन्।

कुश्मा–१ मालढुङ्गास्थित अस्थायी प्रहरी पोष्टमा जाँच भइरहेका बेला बालुवा बोकेको ट्रकमा सवार विक अचानक भाग्दै नदीतर्फ दौडिएर हाम फालेको प्रहरीले जनाएको छ। घटनापछि राति खोजी गर्न कठिन भएकाले आज बिहानदेखि प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी अभियान तीव्र पारेको छ।

परिवारले भने प्रहरीकै कारण घटना भएको आरोप लगाउँदै विरोध जनाएका छन्। घटनामा संलग्न ट्रक चालक भने फरार रहेका छन्।

Logo