मिस नेपाल उषा खड्गीका पूर्वपति तिमिल्सिना पक्राउ

मिस नेपाल उषा खड्गीका पूर्वपति तिमिल्सिना पक्राउ

केन्द्रबिन्दु
963
Shares

काठमाडाैं । मिस नेपाल (सन् २०००) उषा खड्गीका पूर्वपति जीपी तिमिल्सिना पक्राउ परेका छन्।

खड्गीकाे उजुरीका आधारमा मंगलबार तिमिल्सिनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ। तिमिस्लिनाले अभद्र व्यवहार गरेको र धाकमम्की दिएको भन्दै खड्गीले भक्तपुर प्रहरीमा उजुरी दिएकी थिइन्। खड्गीको उजुरीपछि सोमबार प्रहरीले दुवै पक्षलाई बोलाएर विवाद टुंग्याउने प्रयास गरेको थियो।

छलफलबाट विवाद समाधान नभएपछि मंगलबार प्रहरीले तिमिल्सिनालाई पक्राउ गरेको हो।

Logo