तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
33
Shares

२०८३ वैशाख २७ देखि जेठ २ गतेसम्मको राशिफल ।

ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।

हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ। हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–

मेष राशि

यो साता मेष राशिका जातकहरूका लागि राम्रो रहनेछ। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ तर लापरवाही नगर्नुहोस्। यो साता खर्च बढ्न सक्ने भएकाले आर्थिक दबाब महसुस हुन सक्छ। व्यापार गर्नेहरूका लागि समय अनुकूल छ। व्यापार विस्तारका लागि सरकारी योजना वा नयाँ अवसरबाट लाभ लिन सकिनेछ।

जागिर गर्नेहरूले तनावबाट टाढा रहनुपर्छ। कार्यस्थलमा अधिकारीहरू तपाईंको कामबाट प्रभावित हुनेछन् र पदोन्नति वा नयाँ जिम्मेवारीको सम्भावना पनि देखिन्छ। नयाँ व्यापारिक सम्झौताले भविष्यमा फाइदा दिन सक्छ, तर साझेदारीका विषयमा सावधानी अपनाउनु राम्रो हुनेछ।

प्रेम सम्बन्धका लागि साता सुखद रहनेछ। साथीसँग रमाइलो समय बित्नेछ। वैवाहिक जीवनमा भने सामान्य विवाद वा मनमुटाव हुन सक्ने संकेत छ, त्यसैले बोली र व्यवहारमा संयम राख्नुहोस्। परिवारमा सुख, शान्ति र सामञ्जस्य कायम रहनेछ। घरपरिवारबाट राम्रो समाचार प्राप्त हुन सक्छ। आफन्त तथा साथीहरूसँग सम्बन्ध अझ मजबुत बन्नेछ। धार्मिक वा सामाजिक कार्यक्रममा सहभागी हुने अवसर पनि मिल्न सक्छ। माता–पिताको सहयोग र आशीर्वादले आत्मविश्वास बढाउनेछ।

विद्यार्थीहरूका लागि समय सकारात्मक रहनेछ। पढाइमा एकाग्रता बढ्नेछ र शिक्षकहरूको साथ मिल्नेछ। प्रतियोगी परीक्षा तयारी गर्नेहरूले राम्रो नतिजा पाउन सक्छन्। रुचि भएको नयाँ कोर्स वा अध्ययन क्षेत्रमा अघि बढ्ने अवसर मिल्नेछ। उच्च शिक्षा अध्ययन गर्नेहरूलाई विदेश अध्ययनको सम्भावना पनि देखिन्छ। प्राविधिक, प्रशासनिक र व्यवस्थापन क्षेत्रमा रहेका व्यक्तिहरूका लागि समय विशेष लाभदायक रहनेछ।

स्वास्थ्य पहिलेभन्दा राम्रो रहनेछ। पुरानो थकान र मानसिक तनाव कम हुँदै जानेछ। नियमित व्यायाम र सन्तुलित खानपानले ऊर्जा बढाउनेछ। तर धेरै कामको चापले शरीरमा थकान महसुस हुन सक्छ, त्यसैले पर्याप्त आराम गर्नु आवश्यक छ।
आर्थिक रूपमा यो साता लाभदायक रहने संकेत छ। रोकिएको पैसा फिर्ता आउन सक्छ र आम्दानीका नयाँ स्रोत खुल्ने सम्भावना छ। लगानी गर्दा सोचविचार गरेर निर्णय लिनुहोस्। खर्च नियन्त्रणमा राख्न सके बचत बढ्नेछ।

उपाय- हनुमान चालीसाको नियमितरूपमा पाठ गर्नुहोस्। आवश्यक पर्ने व्यक्तिलाई सहयोग गर्नुहोस् र नयाँ अवसर अपनाउन नहिच्किचाउनुहोस्।

वृष राशि

यो साता वृष राशिका जातकहरूका लागि सामान्य रहनेछ। स्वास्थ्य ठीक रहनेछ तर हल्का व्यायाम र नियमित दिनचर्या अपनाउनु राम्रो हुनेछ। खानपानमा विशेष ध्यान दिनुहोस् र धेरै तेलयुक्त तथा बाहिरी खाना खानबाट बच्नुहोस्। मानसिक तनावबाट टाढा रहन योग र ध्यान लाभदायक रहनेछ।

आर्थिक पक्ष स्थिर रहनेछ। आम्दानीको सही उपयोग गर्न सफल हुनुहुनेछ। परिवारको साथ र सहयोगले धनसम्बन्धी काममा फाइदा मिल्नेछ। रोकिएको पैसा फिर्ता आउन सक्छ। लगानीबाट लाभ हुने सम्भावना छ, तर अनावश्यक खर्च नियन्त्रण गर्नु आवश्यक हुनेछ। बचत योजनामा लगानी गर्दा राम्रो परिणाम मिल्न सक्छ।

व्यापार गर्नेहरूका लागि समय राम्रो रहनेछ। व्यापार विस्तारका लागि नयाँ योजना बनाइनेछ र नयाँ सम्पर्कबाट लाभ मिल्ने संकेत छ। नयाँ प्रोजेक्ट भविष्यका लागि फाइदाजनक बन्न सक्छ। जागिर गर्नेहरूलाई वरिष्ठ अधिकारीहरूको साथ मिल्नेछ। कार्यक्षेत्रमा मेहनत र इमानदारीको प्रशंसा हुनेछ। मनपरेको स्थानमा सरुवा हुन सक्ने सम्भावना पनि देखिन्छ। पदोन्नति वा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ।

प्रेम सम्बन्धमा उतारचढाव आउन सक्छ। आफ्नो सम्बन्धबारे परिवारलाई जानकारी दिन सक्नुहुन्छ। वैवाहिक जीवनमा भने तनाव र सामान्य विवाद हुन सक्ने संकेत छ, त्यसैले धैर्य र समझदारी आवश्यक हुनेछ। परिवारको सहयोगले आत्मविश्वास बढ्नेछ। घरमा धार्मिक र सकारात्मक वातावरण रहनेछ। माता–पिताको आशीर्वाद र मार्गदर्शन लाभदायक रहनेछ। पारिवारिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। दाजुभाइ तथा दिदीबहिनीसँग सम्बन्ध अझ राम्रो बन्नेछ।

विद्यार्थीहरूका लागि समय अनुकूल रहनेछ। पढाइमा मन लाग्नेछ र नयाँ विषय सिक्न उत्साह बढ्नेछ। उच्च शिक्षा वा विदेशमा अध्ययन गर्न चाहनेहरूलाई राम्रो अवसर मिल्न सक्छ। प्रतियोगी परीक्षामा सफलता मिल्ने संकेत छ। कला, वित्त र व्यवस्थापन क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि समय विशेष लाभदायक रहनेछ।

उपाय- माता लक्ष्मीको पूजा गर्नुहोस्, र “ॐ श्रीं महालक्ष्म्यै नमः” १०८ पटक जप गर्नु लाभदायक हुनेछ।

मिथुन राशि

यो साता मिथुन राशिका जातकहरूले केही सावधानी अपनाएर अघि बढ्नु राम्रो हुनेछ। स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोस्। सानो लापरवाहीले पनि समस्या बढाउन सक्छ। तनाव, अनिद्रा वा थकानले सताउन सक्छ, त्यसैले नियमित दिनचर्या अपनाउनुहोस्। योग, ध्यान र सन्तुलित खानपानले मानसिक शान्ति दिनेछ।

आर्थिक अवस्था सामान्यभन्दा राम्रो रहनेछ। आर्थिक प्रगतिको लागि गरेका प्रयास सफल हुनेछन्। तर खर्च बढ्न सक्ने भएकाले बजेट बनाएर चल्नु राम्रो हुनेछ। कसैलाई पैसा सापटी दिनु वा जोखिमपूर्ण लगानी गर्नु उपयुक्त देखिँदैन। आर्थिक मामिलामा संयम अपनाउनु आवश्यक हुनेछ।

व्यापार गर्नेहरूका लागि समय मेहनतपछि सफलता दिने खालको रहनेछ। नयाँ लगानी वा सम्झौता गर्दा सबै कुरा राम्रोसँग बुझेर मात्र निर्णय लिनुहोस्। व्यापार विस्तारका योजना विस्तारै सफल हुँदै जानेछन्। जागिर गर्नेहरूलाई अतिरिक्त जिम्मेवारी मिल्न सक्छ। अधिकारीहरूको नजर तपाईंमाथि रहनेछ, त्यसैले काममा लापरवाही नगर्नुहोस्। सहकर्मीहरूसँग राम्रो सम्बन्ध कायम राख्नु आवश्यक हुनेछ।

प्रेम सम्बन्धमा केही तनाव आउन सक्छ । प्रिय व्यक्तिसँग सामान्य बहस वा मनमुटाव हुन सक्ने संकेत छ। धैर्य र समझदारीले सम्बन्ध राम्रो बनाउन मद्दत गर्नेछ। वैवाहिक जीवनमा भने जीवनसाथीको राम्रो साथ र सहयोग मिल्नेछ। परिवारको सहयोगले मानसिक शान्ति मिल्नेछ। घरको पुरानो विवाद वार्ता मार्फत समाधान हुन सक्छ। ज्येष्ठ व्यक्तिको सल्लाह लाभदायक रहनेछ। परिवारसँग समय बिताउँदा सम्बन्ध अझ मधुर बन्नेछ।

विद्यार्थीहरूका लागि समय मेहनतको रहनेछ। पढाइमा बढी ध्यान दिनुपर्नेछ। प्रतियोगी परीक्षा तयारी गर्नेहरूले समय व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ। करियरसम्बन्धी नयाँ योजना सुरु गर्नु अघि अनुभवी व्यक्तिको सल्लाह लिनु फाइदाजनक हुनेछ।

उपाय- नियमित “ॐ गं गणपतये नमः” १०८ पटक जप गर्नु लाभदायक हुनेछ।

कर्कट राशि

यो साता कर्कट राशिका जातकहरूका लागि मिश्रित फलदायी रहनेछ। स्वास्थ्य सामान्य रहनेछ तर पुरानो समस्या फेरि बल्झिन सक्ने भएकाले सावधानी अपनाउनुहोस्। खानपान र आराममा ध्यान दिनु आवश्यक हुनेछ। मानसिक रूपमा केही चिन्ता र भावनात्मक तनाव हुन सक्छ, तर परिवारको साथले मन हल्का हुनेछ।
आर्थिक पक्षमा सुधार आउने संकेत छ। रोकिएको पैसा प्राप्त हुन सक्छ र आम्दानीका नयाँ स्रोत खुल्न सक्छन्। खर्च भने बढ्न सक्ने भएकाले अनावश्यक खर्च नियन्त्रण गर्नु राम्रो हुनेछ। घर वा परिवारसँग सम्बन्धित काममा धन खर्च हुन सक्छ। लगानी गर्दा सोचविचार गरेर मात्र निर्णय लिनुहोस्।

व्यापार गर्नेहरूका लागि समय सामान्यभन्दा राम्रो रहनेछ। नयाँ योजना वा नयाँ काम सुरु गर्ने अवसर मिल्न सक्छ। व्यापारमा परिवारको सहयोग लाभदायक हुनेछ। जागिर गर्नेहरूलाई कामको चाप बढ्न सक्छ तर मेहनतको राम्रो परिणाम पनि प्राप्त हुनेछ। वरिष्ठ अधिकारीहरूको साथ मिल्नेछ र कार्यक्षेत्रमा सम्मान बढ्ने सम्भावना छ।

प्रेम सम्बन्धमा भावुकता बढी हुन सक्छ। सानो कुराले मन दुख्न सक्ने भएकाले बोलीमा संयम राख्नुहोस्। प्रेम सम्बन्धमा विश्वास कायम राख्नु आवश्यक हुनेछ। वैवाहिक जीवनमा जीवनसाथीको साथ र सहयोग मिल्नेछ। परिवारमा सुख, शान्ति र आपसी समझदारी कायम रहनेछ। घरमा धार्मिक वा शुभ कार्यको चर्चा हुन सक्छ।
विद्यार्थीहरूका लागि समय राम्रो रहनेछ। पढाइमा मन लाग्नेछ र नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। प्रतियोगी परीक्षा तथा उच्च शिक्षाको तयारी गर्नेहरूलाई मेहनतअनुसार सफलता प्राप्त हुन सक्छ। करियरमा नयाँ अवसर आउन सक्ने संकेत छन्।

उपाय- सोमबार भगवान शिवको पूजा गर्नुहोस् र दूध वा सेतो वस्तु दान गर्नु शुभ रहनेछ।

सिंह राशि

यो साता सिंह राशिका जातकहरूका लागि मध्यम फलदायी रहनेछ। स्वास्थ्य सामान्य रहनेछ तर लापरवाही गर्दा समस्या आउन सक्छ। थकान, कमजोरी, तनाव, टाउको वा आँखाको दुखाइले सताउन सक्छ । धेरै कामको दबाब र अनियमित दिनचर्याले स्वास्थ्यमा असर पार्न सक्छ, त्यसैले पर्याप्त आराम, योग र ध्यान गर्नु लाभदायक हुनेछ। बाहिरको तथा धेरै तेलयुक्त खाना कम खानुहोस्।

आर्थिक पक्षमा केही उतारचढाव देखिन सक्छ। चाहँदा नचाहँदै खर्च बढ्न सक्छ र बजेट बिग्रिन सक्छ। जोखिमपूर्ण लगानीबाट टाढा रहनु राम्रो हुनेछ। धनसम्बन्धी निर्णय सोचविचार गरेर मात्र लिनुहोस्। साताको अन्त्यतिर आर्थिक अवस्था केही सुधार हुन सक्छ।

व्यापार गर्नेहरूका लागि सतर्क रहने समय छ। व्यापार विस्तारका लागि नयाँ योजना बन्नेछ, तर ठूलो लगानी वा नयाँ साझेदारीमा हतार नगर्नुहोस्। गलत निर्णयले नोक्सानी गराउन सक्छ। जागिर गर्नेहरूलाई अतिरिक्त मेहनत गर्नुपर्नेछ। अधिकारीहरूले तपाईंको धैर्य र क्षमता परीक्षण गर्न सक्छन्।

सरकारी क्षेत्रमा काम गर्नेहरूले विशेष सावधानी अपनाउनु आवश्यक हुनेछ। तपाईंविरुद्ध अनावश्यक कुरा फैलिन सक्ने सम्भावना पनि छ, त्यसैले नकारात्मकतालाई मनमा बस्न नदिनुहोस्। सहकर्मीहरूसँग तालमेल मिलाएर काम गर्नु फाइदाजनक रहनेछ।

प्रेम सम्बन्धमा सन्तुष्टि मिल्नेछ। आफ्नो सम्बन्धबारे परिवारलाई जानकारी दिन सक्नुहुन्छ। वैवाहिक जीवन सुखद रहनेछ र जीवनसाथीसँग रमाइलो समय बित्नेछ। परिवारमा धार्मिक वा शुभ कार्यको आयोजना हुन सक्छ। घरमा पूजा–पाठ तथा सकारात्मक वातावरण रहनेछ। जीवनसाथीसँग किनमेल वा घुमफिरको अवसर मिल्न सक्छ। आफ्नो रिस नियन्त्रणमा राख्नु आवश्यक हुनेछ।

विद्यार्थीहरूका लागि समय ठीक रहे पनि मन अलि चञ्चल हुन सक्छ। सामाजिक सञ्जाल वा अनावश्यक कुराले पढाइबाट ध्यान हटाउन सक्छ, त्यसैले एकाग्रता कायम राख्नु आवश्यक हुनेछ। प्रतियोगी परीक्षा तयारी गर्नेहरूले अझ बढी मेहनत गर्नुपर्ने देखिन्छ। नयाँ योजना सुरु गर्नु भन्दा पुराना काम पूरा गर्नु लाभदायक हुनेछ।

उपाय- आइतबार सूर्यदेवलाई जल अर्पण गर्नुहोस् र आदित्य हृदय स्तोत्र पाठ गर्नु शुभ रहनेछ।

कन्या राशि

यो साता कन्या राशिका जातकहरूले सावधानी अपनाएर अघि बढ्नु राम्रो हुनेछ। स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोस्। विशेषगरी साताको अन्त्यतिर स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ। पित्तसम्बन्धी समस्या, थकान वा तनावले सताउन सक्छ। नियमित खानपान, आराम र पानी पर्याप्त पिउनु लाभदायक हुनेछ। आफ्नो मनको आवाजलाई बेवास्ता नगर्नुहोस्।

आर्थिक अवस्था सामान्यभन्दा राम्रो रहने संकेत छ। आम्दानी बढ्न सक्छ र रोकिएको पैसा फिर्ता आउने सम्भावना छ। खर्च भने बढिरहन सक्छ, त्यसैले अनावश्यक खर्च नियन्त्रण गर्नु आवश्यक हुनेछ। लगानीका लागि समय अनुकूल छ, तर अनुभवी व्यक्तिको सल्लाह बिना ठूलो निर्णय नगर्नुहोस्। बचतमा ध्यान दिनु राम्रो हुनेछ।

व्यापार गर्नेहरूका लागि यो साता लाभदायक रहनेछ। नयाँ ग्राहक र नयाँ अवसर प्राप्त हुन सक्छन्। दैवी कृपा तपाईंमाथि रहनेछ र व्यापार राम्रो चल्ने संकेत छ। जागिर गर्नेहरूलाई वरिष्ठ अधिकारीहरूको सहयोग मिल्नेछ। पदोन्नति वा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। राम्रो स्थानमा सरुवा हुने सम्भावना पनि देखिन्छ। नयाँ जागिर खोजिरहेका व्यक्तिहरूलाई राम्रो अवसर मिल्न सक्छ।

प्रेम सम्बन्धमा केही तनाव आउन सक्छ। प्रेमी वा प्रेमिकासँग सामान्य कुरामा बहस हुन सक्ने सम्भावना छ, त्यसैले धैर्य राख्नु राम्रो हुनेछ। वैवाहिक जीवन भने सुखद रहनेछ। जीवनसाथी र परिवारसँग रमाइलो समय बित्नेछ। जीवनसाथीलाई उपहार दिने विचार पनि आउन सक्छ। परिवारका ज्येष्ठ व्यक्तिसँग राम्रो सम्बन्ध रहनेछ।

विद्यार्थीहरूका लागि समय मिश्रित रहनेछ। पढाइमा केही समस्या आए पनि मेहनतले राम्रो परिणाम दिन सक्छ। प्रतियोगी परीक्षा तयारी गर्नेहरूलाई सकारात्मक संकेत मिल्नेछन्। प्राविधिक तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई विशेष लाभ मिल्नेछ। युवाहरू करियरको खोजीमा अर्को शहरतर्फ जान सक्ने सम्भावना छ। बौद्धिक तथा सामाजिक कार्यक्रममा सहभागी हुने अवसर पनि मिल्न सक्छ।

उपाय- बुधबार भगवान गणेशको पूजा गर्नुहोस् र “ॐ गं गणपतये नमः” १०८ पटक जप गर्नु शुभ हुनेछ।

तुला राशि

यो साता तुला राशिका जातकहरूका लागि सामान्यभन्दा राम्रो रहनेछ। स्वास्थ्य सामान्य रहनेछ तर सानो–सानो समस्या बेवास्ता नगर्नुहोस्। खानपान र दिनचर्यामा ध्यान दिनु आवश्यक हुनेछ। कामको चाप बढ्न सक्छ, त्यसैले पर्याप्त आराम गर्नु राम्रो हुनेछ।

आर्थिक पक्षमा सुधार आउने संकेत छ। आम्दानी बढ्ने सम्भावना छ र रोकिएको धन फिर्ता आउन सक्छ। व्यवसायसँग सम्बन्धित व्यक्तिहरूलाई पुराना सम्झौता पुनः सुरु गर्नुपर्ने अवस्था आउन सक्छ। शेयर बजारसँग सम्बन्धित कारोबार गर्नेहरूलाई अचानक लाभ हुने सम्भावना देखिन्छ। तर कुनै पनि लगानी सोचविचार गरेर मात्र गर्नु राम्रो हुनेछ।

व्यापार गर्नेहरूका लागि समय राम्रो रहनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन् र व्यापार विस्तारका योजना सफल हुन सक्छन्। पैतृक व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ, जुन भविष्यका लागि लाभदायक बन्न सक्छ। कामप्रति समर्पण बढ्नेछ र कार्यक्षमता पनि सुधार हुनेछ।

जागिर गर्नेहरूका लागि करियरमा राम्रो अवसर आउन सक्छ। कार्यस्थलमा तपाईंको क्षमता र मेहनतको प्रशंसा हुनेछ। तर साताको सुरुमा केही अस्थिरता देखिन सक्छ, त्यसैले आत्मअनुशासन कायम राख्नु आवश्यक हुनेछ। सहकर्मी वा मित्रहरूमाथि अत्यधिक विश्वास नगर्नु राम्रो हुनेछ। धैर्य र विवेकका साथ निर्णय लिनुहोस्। बुधबार विशेष रूपमा सावधानी अपनाउनु आवश्यक छ, अपमानजनक स्थिति वा तनावपूर्ण परिस्थिति आउन सक्छ, त्यसैले संयम राख्नुहोस्।

प्रेम सम्बन्धमा सुधार आउनेछ। सम्बन्धमा समझदारी र विश्वास बढ्नेछ। दाम्पत्य जीवन अत्यन्त सुखद रहनेछ र घरायसी जीवनमा खुशी कायम रहनेछ। परिवारसँग सम्बन्ध राम्रो रहनेछ।

विद्यार्थीहरूका लागि समय सामान्य राम्रो रहनेछ। पढाइमा ध्यान बढ्नेछ र भविष्यका योजनामा प्रगति हुनेछ।

उपाय- बुधबार विशेष सावधानी अपनाउनुहोस्, भगवान गणेशको पूजा गर्नुहोस् ।

वृश्चिक राशि

यो साता वृश्चिक राशिका जातकहरूका लागि राम्रो रहनेछ। स्वास्थ्य सामान्य रहनेछ। कुनै समस्या आए पनि धेरै चिन्ता गर्नुपर्दैन, तर नियमित व्यायाम, ध्यान र सन्तुलित खानपानमा ध्यान दिनु आवश्यक हुनेछ। मानसिक तनाव र थकानबाट बच्नुपर्छ।

आर्थिक पक्षमा केही उतारचढाव देखिन सक्छ। पुरानो लगानी वा पैतृक सम्पत्तिबाट फाइदा मिल्ने सम्भावना छ, तर नतिजा आउन समय लाग्न सक्छ। खर्च पनि बढ्न सक्ने भएकाले आर्थिक सन्तुलन राख्नु राम्रो हुनेछ। आयका नयाँ स्रोतहरू खुल्ने संकेत पनि देखिन्छ।

व्यापार गर्नेहरूका लागि समय केही चुनौतीपूर्ण हुन सक्छ, त्यसैले संयम र सावधानी अपनाउनु आवश्यक छ। ठूलो निर्णय गर्दा अरूमा धेरै निर्भर नहुनु राम्रो हुनेछ। तर दीर्घकालीन रूपमा व्यवसायमा सुधार आउने संकेत पनि छन्। मीडिया, व्यवस्थापन वा प्राविधिक क्षेत्रमा काम गर्नेहरूलाई राम्रो लाभ मिल्नेछ।

जागिर गर्नेहरूका लागि समय उत्कृष्ट रहनेछ। वरिष्ठ अधिकारीहरूको सहयोग मिल्नेछ र कार्यक्षेत्रमा तपाईंको छवि अझ बलियो बन्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ, जसले करियरमा प्रगति दिलाउनेछ। कानुनी मामिलामा सफलता मिल्ने सम्भावना पनि छ।

प्रेम सम्बन्धमा उतारचढाव आउन सक्छ। प्रेमी वा प्रेमिकासँग सानो कुरामा विवाद हुन सक्ने भएकाले धैर्य राख्नु राम्रो हुनेछ। वैवाहिक जीवनमा पनि कहिलेकाहीँ मनमुटाव हुन सक्छ, त्यसैले समझदारी आवश्यक हुनेछ। परिवारमा केही तनावपूर्ण अवस्था आउन सक्छ, तर समयसँगै सुधार हुँदै जानेछ। निकट व्यक्तिहरूको व्यवहारले मन दुख्न सक्छ, तर भावनामा नियन्त्रण राख्नु राम्रो हुनेछ।

विद्यार्थीहरूका लागि समय राम्रो रहनेछ। प्रतियोगी परीक्षा तयारी गर्नेहरूलाई सफलता मिल्ने संकेत छ। पढाइमा मेहनतको राम्रो फल प्राप्त हुनेछ।

उपाय- नियमित रूपमा शिव सहस्रनाम पाठ गर्नु शुभ रहनेछ।

धनु राशि

यो साता धनु राशिका जातकहरूका लागि सामान्य रूपमा ठीकठाक रहनेछ। स्वास्थ्यप्रति विशेष ध्यान दिनु आवश्यक छ। आँखा सम्बन्धी समस्या वा थकानले सताउन सक्छ, त्यसैले आराम र उचित उपचारमा ध्यान दिनु राम्रो हुनेछ। नियमित दिनचर्या अपनाउनु लाभदायक हुनेछ।

आर्थिक पक्षमा सावधानी अपनाउनु आवश्यक हुनेछ। अनावश्यक खर्च बढ्न सक्छ, त्यसैले बजेट नियन्त्रण गर्नु राम्रो हुनेछ। व्यापार गर्नेहरूलाई लामो दूरीको यात्रा गर्नुपर्ने सम्भावना छ, जुन भविष्यका लागि लाभदायक बन्न सक्छ। तर खर्च र लगानीमा संयम राख्नु आवश्यक हुनेछ।

जागिर गर्नेहरूका लागि समय राम्रो रहनेछ। पदोन्नति वा नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ। वरिष्ठ अधिकारीहरूको सहयोग मिल्नेछ र कार्यस्थलमा तपाईंको मेहनतको प्रशंसा हुनेछ। सहकर्मीहरूसँग राम्रो सम्बन्ध कायम रहनेछ। हप्ताको अन्त्यतिर ठूलो जिम्मेवारी पनि मिल्न सक्छ।

व्यापारमा नयाँ अवसरहरू प्राप्त हुन सक्छन् र केही रोकिएका कामहरू अघि बढ्नेछन्। व्यवसायिक अवरोधहरू हट्दै जाने संकेत छ। भाइबहिनीसँग सम्बन्ध राम्रो रहनेछ र कुनै राम्रो समाचार प्राप्त हुन सक्छ। अविवाहित व्यक्तिहरूको विवाह तय हुने सम्भावना पनि देखिन्छ।

प्रेम सम्बन्धमा सावधानी अपनाउनु राम्रो हुनेछ। प्रिय व्यक्तिसँग बोल्दा शब्द चयनमा ध्यान दिनुहोस्, नत्र गलत बुझाइ हुन सक्छ। वैवाहिक जीवन भने सामान्य रूपमा राम्रो रहनेछ। जीवनसाथीसँग घुमफिर वा रमाइलो यात्रा हुन सक्छ।

विद्यार्थीहरूका लागि समय केही चुनौतीपूर्ण रहनेछ। पढाइमा ध्यान कम जान सक्छ, जसले गर्दा एकाग्रतामा समस्या आउन सक्छ। तर प्रतियोगी परीक्षा र अन्तर्वार्तामा सफलता मिल्ने सम्भावना छ। उच्च शिक्षा र करियर सम्बन्धी योजनाहरू सफल हुन सक्छन्।

आर्थिक स्थिति क्रमशः मजबुत हुँदै जानेछ। आयका नयाँ स्रोतहरू खुल्न सक्छन्। लगानीबाट फाइदा हुने सम्भावना छ तर खर्च नियन्त्रण गर्नु आवश्यक हुनेछ।

उपाय- भगवान विष्णु र बृहस्पति देवको पूजा गर्नुहोस् र पहेंलो वस्तु गरिबलाई दान गर्नु शुभ रहनेछ।

मकर राशि

यो साता मकर राशिका जातकहरूका लागि धैर्य, अनुशासन र निरन्तर प्रयासले सफलता दिने खालको रहनेछ। व्यक्तित्वमा सुधार आउनेछ र घरेलु सुख–सुविधा पनि बढ्नेछ। सप्ताहको सुरुमा कामको दबाब बढी हुन सक्छ, तर तपाईंको मेहनत र लगनले सबै जिम्मेवारी क्रमशः पूरा हुँदै जानेछ । कार्यक्षेत्रमा तपाईंको विश्वसनीयता बढ्नेछ र वरिष्ठ अधिकारीहरूको विश्वास प्राप्त हुनेछ।

स्वास्थ्य सामान्य रहनेछ तर दिनचर्या र खानपानमा ध्यान दिनु आवश्यक हुनेछ। पुरानो पेटसम्बन्धी समस्या वा सामान्य कमजोरीले सताउन सक्छ, त्यसैले लापरवाही नगर्नुहोस्। नियमित आराम र सन्तुलित जीवनशैली अपनाउनु राम्रो हुनेछ।

आर्थिक अवस्था स्थिर रहनेछ। आम्दानीका नयाँ स्रोतहरू खुल्ने सम्भावना छ तर अनावश्यक खर्च बढ्न सक्छ, त्यसैले बचतमा ध्यान दिनु आवश्यक हुनेछ। जग्गा–जमिन वा ठूला आर्थिक निर्णय गर्दा हतार नगर्नु राम्रो हुनेछ। सोचविचार गरेर मात्र निर्णय लिनुहोस्।

व्यापार गर्नेहरूका लागि समय सामान्यदेखि राम्रो रहनेछ। कामको गति बढ्नेछ र प्रगति देखिन थाल्नेछ। तर नयाँ लगानी गर्दा सावधानी अपनाउनु आवश्यक हुनेछ। सप्ताहको मध्यपछि रचनात्मक काममा सफलता मिल्ने सम्भावना छ। पैतृक व्यवसायमा पनि सुधार देखिन सक्छ।

जागिर गर्नेहरूका लागि समय राम्रो रहनेछ। कार्यस्थलमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। तपाईंको मेहनत र कार्यक्षमताको प्रशंसा हुनेछ र पदोन्नतिको सम्भावना पनि देखिन्छ। वरिष्ठ अधिकारीहरूको साथ मिल्नेछ, जसले तपाईंको करियरलाई मजबुत बनाउनेछ।

प्रेम सम्बन्धमा स्थिरता र समझदारी बढ्नेछ। सम्बन्धमा विश्वास बलियो हुनेछ। अविवाहित व्यक्तिहरूलाई राम्रो विवाह प्रस्ताव आउन सक्छ। परिवारमा सामान्य मतभेद हुन सक्छ तर धैर्य राखे समाधान हुनेछ। घरको वातावरण समग्रमा शान्त र सहयोगपूर्ण रहनेछ।

विद्यार्थीहरूका लागि समय राम्रो रहनेछ। पढाइमा प्रगति हुनेछ र मेहनतको राम्रो फल मिल्नेछ। प्रतियोगी परीक्षा तयारी गर्नेहरूलाई सकारात्मक परिणाम प्राप्त हुने सम्भावना छ।

उपाय- शनिबार आवश्यक व्यक्तिलाई भोजन गराउनुहोस् र “ॐ शं शनैश्चराय नमः” मन्त्रको १०८ पटक जप गर्नु शुभ रहनेछ।

कुम्भ राशि

यो साता कुम्भ राशिका जातकहरूका लागि नयाँ विचार, योजना र प्रगतिका अवसरहरू ल्याउने खालको रहनेछ । आत्मविश्वास बढ्नेछ र नयाँ काम सुरु गर्ने प्रेरणा मिल्नेछ। ग्रह्को प्रभावका कारण नयाँ अवसरहरू प्राप्त हुनेछन् र तपाईंको सोच र काम गर्ने शैलीको प्रशंसा हुनेछ।

कार्य क्षेत्रमा तपाईंको रचनात्मक सोच र फरक दृष्टिकोणलाई मान्यता मिल्नेछ। वरिष्ठ अधिकारी र सहकर्मीहरूको सहयोग प्राप्त हुनेछ, जसले गर्दा कामहरू छिटो अघि बढ्नेछन् । जागिर गर्नेहरूका लागि समय उन्नति दिने खालको रहनेछ। नयाँ परियोजना वा जिम्मेवारी प्राप्त हुन सक्छ। प्रविधि, अनुसन्धान र नवप्रवर्तनसँग सम्बन्धित व्यक्तिहरूलाई विशेष सफलता मिल्ने सम्भावना छ।

व्यापार गर्नेहरूका लागि विस्तारको राम्रो समय रहेको छ। नयाँ सम्पर्कहरू बन्नेछन् र नयाँ सम्झौताबाट फाइदा मिल्नेछ। आर्थिक पक्षमा सुधार आउने संकेत छ तर खर्च नियन्त्रण गर्नु आवश्यक हुनेछ। लगानी गर्दा सोचविचार गरेर मात्र निर्णय लिनु राम्रो हुनेछ।

प्रेम सम्बन्धमा समझदारी र सन्तुलन कायम रहनेछ। दाम्पत्य जीवनमा आपसी सहयोग र साथ मिल्नेछ । अविवाहित व्यक्तिहरूका लागि नयाँ सम्बन्ध बन्न सक्ने सम्भावना देखिन्छ। परिवार र साथीभाइसँग समय बिताउँदा मन प्रसन्न रहनेछ। सम्बन्धमा खुलेर संवाद गर्नु लाभदायक हुनेछ।

स्वास्थ्य सामान्य रहनेछ तर मानसिक तनाव र अनियमित दिनचर्याबाट बच्नु आवश्यक छ। पर्याप्त निद्रा लिनुहोस् र शरीरलाई आराम दिनुहोस्। खुट्टा र नसासम्बन्धी समस्या भएकाहरूले विशेष सावधानी अपनाउनु राम्रो हुनेछ। धेरै सोच्ने र चिन्ता गर्ने बानीबाट टाढा रहनुहोस्, नत्र निर्णय क्षमतामा असर पर्न सक्छ।

उपाय- शनिबार भगवान शनि देवको पूजा गर्नुहोस्, कालो तिल दान गर्नुहोस् र “ॐ शं शनैश्चराय नमः” मन्त्रको १०८ पटक जप गर्नु शुभ रहनेछ।

मीन राशि

यो साता मीन राशिका जातकहरूका लागि मिश्रित तर प्रगतिशील रहनेछ। सुरुका दिनहरूमा मानसिक अलि अस्थिरता वा भावनात्मक दबाब महसुस हुन सक्छ, तर साताको मध्यदेखि परिस्थिति सुधार हुँदै जानेछ। आत्मविश्वास बढ्नेछ र नयाँ अवसरहरू प्राप्त हुने संकेत छ।

स्वास्थ्य सामान्य रहनेछ तर मानसिक तनाव, थकान र अनिद्राबाट बच्नु आवश्यक हुनेछ। खानपान र आराममा ध्यान दिनु राम्रो हुनेछ। पानीजन्य वा पेटसम्बन्धी सानो समस्या देखिन सक्छ, त्यसैले लापरवाही नगर्नुहोस्।

आर्थिक पक्षमा सुधार आउने सम्भावना छ। रोकिएको पैसा फिर्ता आउन सक्छ र नयाँ आम्दानीका स्रोतहरू पनि खुल्न सक्छन्। तर खर्च नियन्त्रण गर्नु आवश्यक हुनेछ। लगानी गर्दा सोचविचार गरेर मात्र निर्णय लिनु राम्रो हुनेछ।

व्यापार गर्नेहरूका लागि समय राम्रो रहनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन् र पुराना काम अघि बढ्नेछन्। जागिर गर्नेहरूलाई वरिष्ठ अधिकारीहरूको सहयोग मिल्नेछ र नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। कामको दबाब भए पनि परिणाम सकारात्मक आउनेछ।

प्रेम सम्बन्धमा भावनात्मक उतारचढाव आउन सक्छ। सानो कुरामा गलत बुझाइ हुन सक्छ, त्यसैले बोल्दा संयम राख्नु राम्रो हुनेछ। वैवाहिक जीवनमा भने समझदारी र सहयोग बढ्नेछ। परिवारमा शान्ति र सहयोगको वातावरण रहनेछ।

विद्यार्थीहरूका लागि समय राम्रो रहनेछ। पढाइमा ध्यान बढ्नेछ र प्रतियोगी परीक्षा तथा करियर सम्बन्धी काममा प्रगति हुनेछ। नयाँ योजना सफल हुने सम्भावना छ ।धेरै भावनात्मक निर्णय नगर्नुहोस् र अरूको कुरा धेरै विश्वास गरेर काम नगर्नुहोस्।

उपाय- दैनिक “ॐ नमो भगवते वासुदेवाय” १०८ पटक जप गर्नु शुभ रहनेछ।

Skip This
Skip This
Logo