काठमाडौं । मुलुकका विभिन्न स्थानमा भएका आगलागीबाट विभिन्न धानमाल जलेर नष्ट भएका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-६ का रामअवतार यादवको घरमा विद्युत् सर्ट भई लागेको आगो फैलिएर सोही ठाउँ बस्ने जुगेश्वर यादव, जोगिनद्र यादव, अनिल यादव, रमन कुमार यादव र विद्यानन्द यादवको घरमा आगलागी हुँदा करिब रु २२ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी सप्तरी, रूपनी गाउँपालिका-१ रूपनी बस्ने ३० वर्षीय रामलखन यादवको घरमा आज बिहान आगलागी हुँदा करिब रु एक लाख ८४ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।
ललितपुरको बागमती गाउँपालिका-७ गिम्दिबेसी बस्ने कृष्णप्रसाद दाहालको गोठमा आज बिहान आगलागी हुँदा करिब रु दुई लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।































प्रतिक्रिया