दाङ , १४, पुस

दाङमा एक महिलाले आफ्नै श्रीमानको हातका औला काटेर खाएकी छन् । दाङ तुलसीपुर उपमहानगरपालिका १ भम्के छोटेकी ६४ वर्षीया रिसमी महतराले आफ्नै श्रीमान् ६४ वर्षकै चन्द्रबहादुर महतराको हातका औला काटेर पोलेर खाएकी हुन्। "/>

श्रीमानको औला काटेर पोलेर खाने श्रीमती !?

श्रीमानको औला काटेर पोलेर खाने श्रीमती !?

केन्द्रबिन्दु
0
Shares

दाङ , १४, पुस

दाङमा एक महिलाले आफ्नै श्रीमानको हातका औला काटेर खाएकी छन् । दाङ तुलसीपुर उपमहानगरपालिका १ भम्के छोटेकी ६४ वर्षीया रिसमी महतराले आफ्नै श्रीमान् ६४ वर्षकै चन्द्रबहादुर महतराको हातका औला काटेर पोलेर खाएकी हुन्। चन्द्र बहादुरलाई राप्ति अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर लगिएको छ। चन्द्रबहादुरको अवस्था गम्भीर भएपछि थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ।

श्रीमानको औला काटेर खाने रिसमीलाई प्रहरीले नियन्त्रणमा लिइ सकिएको छ । श्रीमानले मदिरा सेवन गरेर दैनिक यातना दिने गरेको र परस्त्रीसँग सम्पर्क बढाउन थालेकाले श्रीमानको औला काटेर पोलेर खाएको रिसमीले प्रहरीमा वयान दिएकी छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी प्रकाश सापकोटाका अनुसार रिसमीले श्रीमानले मदिरा सेवन गरी सधैं यातना दिने गरेका कारण दायाँ हातको चारवटा औंला काटेर खाएको वयान प्रहरीलाई दिएकी छन् । उनले साँझ मदिरा सेवन गरेर सधैँ घरमा झगडा र कुटपिट गरेकाले आफूले सहन नसकेर कुटने हातका औला काटिदिएको वयान प्रहरीलाई दिएकी छिन्।
अन्नपूर्णबाट

Skip This
Logo