काठमाडौं, १३, पुस
नेपालमा भारतबाट आयातीत नियन्त्रित लागु औषधको करोबार बढ्दै गएको छ । लागुऔषध नियन्त्रण ब्युरोले बरामद गरेको मध्ये ३३ प्रतिशत लागुऔषध भारतबाट आयातीत नियन्त्रित औषधिजन्य लागुऔषध रहेको पाइएको हो । "/>

पाँच वर्षमा तीन अर्बको लागुऔषध बरामद

पाँच वर्षमा तीन अर्बको लागुऔषध बरामद

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १३, पुस
नेपालमा भारतबाट आयातीत नियन्त्रित लागु औषधको करोबार बढ्दै गएको छ । लागुऔषध नियन्त्रण ब्युरोले बरामद गरेको मध्ये ३३ प्रतिशत लागुऔषध भारतबाट आयातीत नियन्त्रित औषधिजन्य लागुऔषध रहेको पाइएको हो । ब्युरोको तथ्यांक अनुसार पाँच वर्षयता देशभर ३ अर्ब १६ करोड ८ लाख ९१ हजार दुई सय रुपैयाँ बराबरको लागुऔषध बरामद भएको छ ।
त्यस मध्ये नियन्त्रित औषधिजन्य लागुऔषध मात्रै १ अर्ब ९ करोड १४ लाख ७१ हजार २ सय रुपैयाँ बराबरको बरामद भएको छ । यो संख्या बरामद भएका औषधको ३३ प्रतिशत हो । त्यही अवधिमा हिरोइन, कोकिन, चरेस र गाँजाजन्य लागुऔषध २ अर्ब ६ करोड ९४ लाख २० हजार रुपैयाँ बराबरको बरामद भएको छ । ब्युरोका डिएसपी प्रेमबहादुर शाही नियन्त्रित लागुऔषध भारतीय बजारमा सजिलै पाइने र नाफा पनि धेरै हुने भएकाले कारोबारीको ध्यान यसतर्फ गएको बताउँछन् । उनले भने, ‘भारतमा एक सेट लागुऔषध २ सय देखि ३ सय रुपैयाँमा सजिलै किन्न पाइन्छ । त्यही औषधि नेपाली बजारमा प्रतिसेट १२ सय रुपैयाँमा सजिलै बिक्छ । त्यसकारण पनि भारतीय लागुऔषध कारोबारी यस धन्दामा संलग्न भएको देखिन्छ ।’

नयाँपत्रिकाबाट

Skip This
Logo