मन्थली ,७,पुस
केन्द्रविन्दु समाचारदाता

जनवरी १ मा राजधानीमा भव्य रुपमा नेपाली टोपी दिवसको तयारी हुँदै गर्दा पाँचौ नेपाली ‘टोपी दिवस’ रामेछापमा पनि मनाईने भएको छ । "/>

जनावरी १ मा राजधानीका साथै रामेछापमा पनि नेपाली टोपी दिवस मनाइने

जनावरी १ मा राजधानीका साथै रामेछापमा पनि नेपाली टोपी दिवस मनाइने

केन्द्रबिन्दु
0
Shares

मन्थली ,७,पुस
केन्द्रविन्दु समाचारदाता

जनवरी १ मा राजधानीमा भव्य रुपमा नेपाली टोपी दिवसको तयारी हुँदै गर्दा पाँचौ नेपाली ‘टोपी दिवस’ रामेछापमा पनि मनाईने भएको छ । नेपाली राष्ट्रिय पोशाकको संरक्षणका लागि ‘जागरुक युवा अभियान नेपाल’ले सुरु गरेको नेपाली टोपी संरक्षण अभियानलाई रामेछापका युवाहरुले पनि दिवस मनाएरै संरक्षणको अभियान थाल्दै आएका हुन ।

नेपालमा राष्ट्रिय पोशाकको रुपमा रहेको दौरा सुरुवाल र ढाकाटोपी लोप हुँदै गएको भन्दै राष्ट्रिय पोशाकको संरक्षण नभए सम्म राष्ट्रियता बलियो नहुने भन्दै स्वतःस्र्फुत रुपमा युवाहरुले प्रत्येक वर्ष नेपाली दिवस मनाउँदै आएका छन् । आगामी पुस १७ गते अंग्रेजी नयाँ वर्षको पहिलो दिन रामेछाप सदरमुकाम मन्थलीमा नेपाली टोपी दिवस मनाउने तयारी तीव्र रुपमा भईरहेको जागरुक युवा अभियान नेपाल रामेछापका संयोजक निरोजकुमार थापा ढाकाटोपीले जानकारी दिए ।

२०७१ सालबाट प्रत्येक अंगेजी नयाँ वर्षको दिन नेपालमा ढाकाटोपी दिवस मनाईँदै आईएको छ । केही वर्ष अघि देखि नेपाली पोशाक दौरा सुरुवाल चलन चल्तीमा आउन छोडेपछि राष्ट्रप्रेमी युवाहरुले पोशाक संरक्षणको अभियानलाई दिवसकै रुपमा मनाउन थालेका हुन । रामेछापमा गतवर्षबाट मनाउन थालिएको ढाकाटोपी दिवस यसवर्ष नेपाली टोपी संरक्षण अभियानलाई विशेष रुपमा मनाईने तयारी भईरहेको र विभिन्न व्यक्ति तथा संस्था मार्फत सहयोग आउने क्रम पनि जारी रहेको नेपाली टोपी अभियान्ता कुमार यात्रीले बताए । युवाहरुमा राष्ट्रप्रतिको प्रेम र नेपाली पोशाकको मोह बढाउन दिवस मनाउन थालिएको र आफूहरुको अभियान सफल हुने अभियान्ताहरु बताउँछन ।

Skip This
Logo