अत्यधिक चिसोका कारण बन्द भएको सात महिनापछि पुनःसञ्चालनमा आयो लिमी चौकी

अत्यधिक चिसोका कारण बन्द भएको सात महिनापछि पुनःसञ्चालनमा आयो लिमी चौकी

केन्द्रबिन्दु
6
Shares

सिमकोट (हुम्ला) । उत्तरी नाम्खा गाउँपालिका–६ लिमी सुनखानीको प्रहरी चौकी सात महिनापछि पुनःसञ्चालन भएको छ । चिसोका कारण बन्द भएको उक्त चौकी शुक्रबारदेखि सञ्चालन भएको हो ।

भारी हिमपात भएपछि मङ्सिरको पहिलो साता चौकी बन्द गरेर त्यहाँ कार्यरत प्रहरी जिल्ला प्रहरी कार्यालय फिर्ता भएका थिए ।

न्यालु लेकमा जमेको हिउँ पन्छाएर प्रहरी टोली लिमी पुगेको हो । प्रहरीले हिउँ पन्छाएपछि सर्वसाधारणको आवागमन सहज भएको छ । न्यालु नाका खुलेपछि लाप्चाबाट कैलाश मानसरोवरतर्फ प्रस्थान गर्ने यात्रीको चहलपहल क्रमशः बढेको छ।

Logo