२०८३ जेठ ३१ देखि असार ७ सम्मको राशिफल ।
काठमाडाैं । ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्- सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु। त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।
हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं। साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।
हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणिहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्।
तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनु भयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, प्रख्यात अंकज्योतिष, वास्तुविद् एवं नाडी ज्योतिष विशेषज्ञ डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–
मेष राशि
यो सप्ताह महत्वपूर्ण परिवर्तन र प्रगतिले भरिएको रहनेछ। करियरमा नयाँ अवसर प्राप्त हुनेछन् र जागिरमा उन्नति हुने सम्भावना बलियो देखिन्छ। प्रतियोगी परीक्षाको तयारी गरिरहेका व्यक्तिहरूले सफलता प्राप्त गर्न सक्छन्। तपाईंको मेहनतको राम्रो परिणाम मिल्नेछ। आर्थिक अवस्था मजबुत रहनेछ र आकस्मिक धन लाभको योग पनि बन्न सक्छ। परिवारसँग सम्बन्धित पुराना समस्याहरू समाधान हुन सक्नेछन्।
कार्यस्थलमा चलिरहेका तनाव र समस्या क्रमशः कम हुँदै जानेछन्। तपाईंको मेहनतको सकारात्मक परिणाम प्राप्त हुनेछ। मानिसहरूले तपाईंको विचार र सुझावलाई महत्व दिनेछन्। महत्वपूर्ण निर्णय लिनका लागि समय अनुकूल रहनेछ। ठूलो परीक्षा वा महत्वपूर्ण तयारी गरिरहेका व्यक्तिहरूका लागि यो सप्ताह विशेष राम्रो रहनेछ। जीवनसाथीले पनि करियरमा राम्रो सफलता प्राप्त गर्न सक्नेछन्। घरमा कुनै शुभ कार्यक्रम वा जमघट हुन सक्छ।
सप्ताहको सुरुवातमा साथीभाइसँग सानो विवाद हुन सक्छ, त्यसैले सम्बन्ध मिठो राख्ने प्रयास गर्नुहोस्। प्रेम सम्बन्धमा स्थिरता कायम राख्न विशेष ध्यान दिनुपर्नेछ। अनियमित जीवनशैलीका कारण टाउको दुख्ने वा थकानको समस्या बढ्न सक्छ। अरूको काममा अनावश्यक आलोचना नगर्नु राम्रो हुनेछ। यो सप्ताह तपाईंको ध्यान केही विषयमा अलि विचलित हुन सक्छ, त्यसैले लक्ष्यमा केन्द्रित रहनु आवश्यक छ।
आर्थिक रूपमा सप्ताह मिश्रित रहनेछ। आम्दानी सन्तोषजनक भए पनि व्यक्तिगत आवश्यकता र सुख–सुविधामा खर्च बढ्न सक्छ। बजेट बनाएर खर्च गर्नु फाइदाजनक हुनेछ। यदि लगानी गर्ने योजना छ भने दीर्घकालीन लगानी राम्रो रहनेछ।
व्यापार गर्ने व्यक्तिहरूका लागि यो सप्ताह प्रगति र विस्तारको अवसर लिएर आउनेछ। नयाँ व्यवसाय वा प्रोजेक्ट सुरु गर्ने योजना सफल हुन सक्छ। विदेशसँग सम्बन्धित व्यापारिक सम्पर्क पनि बढ्न सक्छ। जागिर गर्ने व्यक्तिहरूले राम्रो अवसर वा मनपर्ने काम प्राप्त गर्न सक्छन्।
उपाय- प्रत्येक बिहान सूर्य भगवानलाई जल अर्पण गर्नुहोस् र “ॐ घृणि सूर्याय नमः” मन्त्रको जाप गर्नु लाभदायी हुनेछ।
वृष राशि
यो हप्ताको सुरुवात तपाईंका लागि निकै राम्रो रहनेछ। पुराना घाटा वा समस्याहरूबाट बाहिर निस्कन सफल हुनुहुनेछ। प्रेम सम्बन्धका मामिलामा भाग्यले साथ दिनेछ। विद्यार्थीहरूले नयाँ विषयको अध्ययन सुरु गर्न सक्छन्। ज्येष्ठ व्यक्तिहरूलाई स्वास्थ्यमा सुधार आउनेछ। मनको तनाव र उदासी हटाउन संगीत वा कला सम्बन्धी गतिविधिमा रुचि बढाउनु लाभदायी हुनेछ।
तर यो सप्ताह केही मानिसहरूले तपाईंको बारेमा नकारात्मक कुरा फैलाउन सक्छन्, त्यसैले व्यवहारमा संयम राख्नु आवश्यक हुनेछ। कसैको भावना दुखाउने काम नगर्नुहोस्। गलत बुझाइका कारण केही उपलब्धिहरू हातबाट फुत्किन सक्छन्। मंगलबार र बुधबार दाम्पत्य सम्बन्धमा केही दूरी वा चिसोपन महसुस हुन सक्छ। सप्ताहको अन्त्यतिर कार्यक्षेत्रमा केही अवरोध आउन सक्छन्।
कार्यक्षेत्रमा उतारचढावको सामना गर्नुपर्न सक्छ। व्यापार गर्ने व्यक्तिहरूले केही चुनौती झेल्न सक्छन्, तर जागिर गर्ने व्यक्तिहरूका लागि समय राम्रो रहनेछ। जागिर परिवर्तन गर्ने सोच बनाएका व्यक्तिहरूको इच्छा पूरा हुन सक्छ। कामसँग सम्बन्धित यात्रा पनि हुन सक्छ, जसले नयाँ अवसरहरू दिलाउनेछ।
करियरको दृष्टिले तपाईंले राम्रो उपलब्धि हासिल गर्न सक्नुहुन्छ। आम्दानी बढाउनेतर्फ तपाईंको ध्यान केन्द्रित रहनेछ। विद्यार्थीहरूले समयको सही उपयोग गरेर पढाइमा ध्यान दिनु आवश्यक छ। परीक्षाको तनावलाई नियन्त्रण गरेर आत्मविश्वासका साथ अघि बढ्नु राम्रो हुनेछ।
आर्थिक रूपमा यो सप्ताह लाभदायी रहनेछ। ठूलो लगानी गर्ने योजना छ भने सोचविचार गरेर अघि बढ्न सक्नुहुन्छ। नयाँ शेयर खरिद वा व्यापार विस्तारका लागि लगानी गर्दा भविष्यमा राम्रो लाभ मिल्ने सम्भावना छ। सम्पत्तिमा वृद्धि हुने योग देखिन्छ।
उपाय- बिहीबार भगवान विष्णुलाई पहेँलो फूल अर्पण गर्नुहोस् र ब्राह्मणलाई भोजन गराउनु लाभदायी हुनेछ।
मिथुन राशि
यो सप्ताह मिथुन राशिका लागि मिश्रित तर सकारात्मक रहनेछ। नयाँ व्यापारमा लगानी गर्ने योजना बन्न सक्छ। वैवाहिक जीवन अत्यन्त सुखद रहनेछ। नवविवाहित दम्पतीहरू घुमघाम वा यात्रामा जान सक्ने सम्भावना छ। शुभ तथा मांगलिक कार्यका लागि महँगा गरगहना वा कपडा खरिद गर्न सक्नुहुन्छ। साझेदारीमा गरिएको व्यापारबाट राम्रो लाभ मिल्नेछ। परिवारमा तपाईंको मान–सम्मान बढ्नेछ। तपाईं आफ्नो मिठो बोली, हाजिरजवाबी र उदार व्यवहारका कारण चर्चामा रहन सक्नुहुन्छ।
तर सप्ताहको सुरुवातमा केही विवाद वा मनमुटाव हुन सक्छ। बिना कारण आरोप–प्रत्यारोपको सामना गर्नुपर्न सक्छ। सामाजिक क्षेत्रमा जोडिएका व्यक्तिहरूले आफ्नो व्यवहार र बोलीमा विशेष ध्यान दिनु राम्रो हुनेछ। अनावश्यक काम वा गतिविधिमा समय बर्बाद हुन सक्छ। राजनीतिक बहस वा विवादमा नफस्नु नै राम्रो हुनेछ। मनलाई शान्त राख्न जप, ध्यान वा आध्यात्मिक गतिविधिमा समय दिनु लाभदायी हुनेछ।
आर्थिक दृष्टिले यो सप्ताह राम्रो रहनेछ। आर्थिक अवस्था मजबुत रहनेछ र भविष्यलाई ध्यानमा राखेर नयाँ योजनामा लगानी गर्ने सोच आउन सक्छ। घरको सजावट, मर्मत वा रिनोभेसनमा खर्च बढ्न सक्छ। अतिरिक्त आम्दानीका स्रोत बढाउने वा नयाँ व्यवसाय सुरु गर्ने विचार पनि मनमा आउन सक्छ।
व्यापार गर्ने व्यक्तिहरूले आफ्नो काममा अझ बढी मेहनत र समर्पण देखाउनुपर्नेछ। निरन्तर प्रयासले मात्र व्यापारमा प्रगति हुनेछ। जागिर गर्ने व्यक्तिहरूलाई नयाँ जागिरको प्रस्ताव आउन सक्छ, जसले उत्साह बढाउनेछ।
विद्यार्थीहरूका लागि यो सप्ताह अलि चुनौतीपूर्ण रहन सक्छ। पढाइमा मन कम लाग्ने र अन्य कुरातर्फ ध्यान भड्किने सम्भावना छ। सफलता प्राप्त गर्नका लागि सामाजिक सञ्जाल र अनावश्यक साथीभाइबाट केही समय दूरी राख्नु राम्रो हुनेछ।
उपाय- प्रत्येक बिहान स्नानपछि सूर्य भगवानलाई जल अर्पण गर्नुहोस् र श्रद्धापूर्वक “ॐ घृणि सूर्याय नमः” मन्त्रको जाप गर्नु लाभदायी हुनेछ।
कर्कट राशि
यो सप्ताह सप्ताहको सुरुवात निकै शुभ रहनेछ । ज्ञानवर्धक पुस्तक तथा साहित्य पढ्न मन लाग्नेछ। बालबालिकाले खेलकुदमा राम्रो प्रदर्शन गर्नेछन्। परिवारका सदस्यहरूसँग सम्बन्ध मधुर रहनेछ। उच्च अधिकारीबाट पदोन्नति वा प्रशंसा प्राप्त हुने सम्भावना छ। घरमा धार्मिक तथा शुभ कार्यको वातावरण बन्न सक्छ। ट्रेडिङ र मार्केटिङसँग सम्बन्धित काममा राम्रो लाभ मिल्ने योग छ।
आर्थिक मामिलामा विशेष सावधानी अपनाउनुपर्छ। पैसा सापटी दिने वा लिने काम गर्दा लिखित कागजात बनाएर मात्र गर्नु राम्रो हुनेछ। शेयर बजार वा लगानीबाट फाइदा मिल्ने सम्भावना देखिन्छ, तर सोचविचार गरेर मात्र निर्णय लिनुहोस्।
व्यापारसँग सम्बन्धित केही योजना केही समयका लागि रोकिन सक्छन्, जसले मनमा चिन्ता बढाउन सक्छ। नयाँ लगानी वा ठूलो निर्णय लिनुअघि राम्रोसँग विचार गर्नु आवश्यक छ। बुबा वा अनुभवी व्यक्तिको सल्लाह लाभदायक हुनेछ। जागिर गर्ने व्यक्तिहरूका लागि भने यो सप्ताह सकारात्मक रहनेछ। कार्यक्षेत्रमा सम्मान र प्रगतिको अवसर मिल्न सक्छ।
विद्यार्थीहरूका लागि यो सप्ताह मेहनत र उपलब्धिले भरिएको रहनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ र कठिन विषय बुझ्न सफलता मिल्नेछ। प्रतियोगी परीक्षा तथा सरकारी जागिरको तयारी गरिरहेका विद्यार्थीलाई राम्रो परिणाम मिल्ने सम्भावना छ।
यस सप्ताह तपाईंले मानिसहरूबाट धेरै अपेक्षा गर्न सक्नुहुन्छ, तर सबैले तपाईंको अपेक्षा अनुसार साथ नदिन सक्छन्। गलत वा अनैतिक कामतर्फ आकर्षित हुनबाट बच्नुहोस्। सप्ताहको मध्यतिर परिवारका कुनै सदस्यको स्वास्थ्यलाई लिएर चिन्ता बढ्न सक्छ। भारी तथा गरिष्ठ भोजन कम गर्नु राम्रो हुनेछ। अपरिचित व्यक्तिमाथि छिट्टै विश्वास नगर्नुहोस्।
उपाय- हरेक शनिबार शनि मन्त्र “ॐ शं शनैश्चराय नमः”१०८ पटक जप गर्नु लाभदायक हुनेछ।
सिंह राशि
यो सप्ताह सप्ताहको सुरुवात सफल व्यापारिक यात्राबाट हुन सक्छ। सबै काम समयमै पूरा हुँदा आत्मविश्वास बढ्नेछ। सहकर्मी तथा अधीनस्थ कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ। विद्यार्थीहरूले शिक्षा क्षेत्रमा राम्रो सफलता हासिल गर्नेछन्। व्यापार तथा व्यवसायका लागि यो सप्ताह निकै शुभ रहनेछ। नयाँ मानिसहरूसँग मित्रता बढ्न सक्छ। नयाँ परियोजनामा सफलता मिल्नेछ। रोकिएका निर्माणसम्बन्धी काममा अचानक गति आउने सम्भावना छ।
आर्थिक दृष्टिले यो सप्ताह सकारात्मक रहनेछ। सुख–सुविधा र जीवनस्तर सुधार गर्न खर्च बढ्न सक्छ। तर खर्चसँगै बचतमा पनि ध्यान दिनु आवश्यक हुनेछ। रोकिएको पैसा वा पुरानो ऋण फिर्ता आउने सम्भावना बलियो देखिन्छ। करियर क्षेत्रमा मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। आफ्नो क्षमता र परिश्रममा विश्वास राख्नुहोस्, सफलता अवश्य मिल्नेछ। जागिर गर्ने व्यक्तिहरूले आफ्नो कार्यकुशलता देखाउने अवसर पाउनेछन्। व्यापारमा आर्थिक अवस्था सुधार हुँदै जानेछ।
विद्यार्थीहरूका लागि यो सप्ताह चुनौती र अवसर दुवै लिएर आएको छ। पढाइमा समस्या भए शिक्षक वा सिनियरसँग सल्लाह लिनु राम्रो हुनेछ। साथीभाइका कारण ध्यान भंग हुन सक्छ, त्यसैले आफ्नो लक्ष्यमा केन्द्रित रहनु आवश्यक छ। एकाग्र भएर मेहनत गरे सफलता प्राप्त हुनेछ।
परिवारका सदस्य केही कुरामा तपाईंसँग असन्तुष्ट हुन सक्छन्। गोप्य शत्रुहरूले हानि पुर्याउने प्रयास गर्न सक्छन्, त्यसैले सतर्क रहनुहोस्। वैवाहिक जीवनमा विशेष ध्यान दिन आवश्यक हुनेछ। प्रेम सम्बन्धमा धेरै समय खर्च हुन सक्छ। परिवारका लागि समय निकाल्नु राम्रो हुनेछ। मधुमेहका बिरामीहरूले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। राजनीति वा सार्वजनिक क्षेत्रमा रहेका व्यक्तिहरूलाई प्रतिस्पर्धीबाट समस्या आउन सक्छ।
उपाय- हरेक दिन घ्यूको दीयो बालेर “गजेन्द्र मोक्ष” पाठ गर्नु शुभ रहनेछ।
कन्या राशि
यो सप्ताह शुभ फल दिने रहनेछ।कपारिवारिक जीवनमा यो सप्ताह उतार–चढावपूर्ण रहने सक्छ। घरायसी विषयमा तनावको वातावरण बन्न सक्छ, जसका कारण सम्बन्धहरूमा केही कडुवाहट आउने सम्भावना छ। विशेषगरी सन्तानसँग सम्बन्धित कुनै समस्या देखिएमा त्यसलाई बेवास्ता नगर्नु राम्रो हुनेछ। सबै परिवारका सदस्यसँग बसेर खुलेर कुरा गर्नु लाभदायक हुनेछ।
प्रेम जीवनका लागि यो सप्ताह केही चुनौतीपूर्ण रहन सक्छ। प्रेम सम्बन्धमा रहेका व्यक्तिहरूले पुराना कुरा वा विगतका कारण समस्याको सामना गर्नुपर्ने हुन सक्छ, जसले आपसी मनमुटाव बढाउन सक्छ। वैवाहिक जीवन भने तुलनात्मक रूपमा राम्रो र सन्तुलित रहनेछ।
आर्थिक पक्षमा विशेष सावधानी अपनाउन आवश्यक छ। आफ्नो पैसा सुरक्षित र सोच–विचार गरेर मात्र लगानी गर्नुहोस्। अपरिचित व्यक्तिमाथि अन्धाधुन्ध विश्वास गर्नु हानिकारक हुन सक्छ।
कार्यस्थलमा सतर्क रहनु आवश्यक छ। जागिर गर्नेहरूले आफ्नो काममा पूरा ध्यान दिनुपर्छ, सानो लापरबाहीले पनि समस्या निम्त्याउन सक्छ। व्यापार गर्नेहरूले नयाँ लगानी गर्नु अघि राम्रोसँग बजारको अध्ययन गर्नु उपयुक्त हुनेछ। करियर र शिक्षामा तपाईंको उत्साह उच्च रहनेछ र लक्ष्य प्राप्त गर्न तपाईं पूर्ण मेहनत गर्नुहुनेछ। विद्यार्थीहरूका लागि समय केही चुनौतीपूर्ण भए पनि लगनशीलताले सफलता दिलाउनेछ। अन्ततः आफ्नो क्षेत्रमा राम्रो उपलब्धि हासिल हुने सम्भावना छ, जसले आत्मबल बढाउनेछ।
उपाय- सप्ताहको सुरुवातमा सूर्य देवतालाई जल अर्पण गरी नमन गर्नु लाभदायक हुनेछ।
तुला राशि
यो सप्ताह तपाईं आफ्नो कार्यक्षमता प्रति सन्तुष्ट महसुस गर्नुहुनेछ। जीवनसाथीसँगका मतभेदहरू कम गर्न यो सप्ताह निकै राम्रो रहनेछ। उच्च अधिकारीहरूको समर्थन प्राप्त हुनेछ र मनोबल बढ्नेछ। सप्ताहको मध्यतिर आम्दानी बढ्ने सम्भावना छ। उच्च पदमा रहेका व्यक्तिहरूसँग सम्बन्ध मजबुत बन्नेछ। आध्यात्मिक विचार भएका मानिसहरूसँग समय बिताउन मन लाग्नेछ।
धन सम्बन्धी विषयमा अत्यन्त सावधानी अपनाउन आवश्यक छ। यस सप्ताह कसैलाई पनि पैसा उधारो नदिनु राम्रो हुनेछ, किनकि पैसा फिर्ता आउनमा समस्या हुन सक्छ। आर्थिक अवस्थाले केही चिन्ता बढाउन सक्छ र खर्च नियन्त्रण गर्न कठिन हुन सक्छ। साथै, छोटो अवधिको लगानीबाट टाढा रहनु उचित हुनेछ।
व्यापारको तयारी गरिरहेका व्यक्तिहरूका लागि समय अनुकूल रहनेछ। नयाँ प्रोजेक्ट सुरु गर्न सकिनेछ र सम्पत्ति सम्बन्धी कामबाट राम्रो लाभ मिल्ने सम्भावना छ। बाहिरी व्यक्तिहरूसँग मिलेर व्यवसाय विस्तार गर्ने अवसर मिल्नेछ। जागिर गर्नेहरूलाई केही कामको दबाब महसुस हुन सक्छ, तर सरकारी क्षेत्रमा कार्यरत व्यक्तिहरूले पुरस्कार वा सम्मान प्राप्त गर्न सक्छन्।
करियरका क्षेत्रमा सकारात्मक परिवर्तन देखिन सक्छ। विशेषगरी सरकारी जागिर गर्नेहरूको लागि यो समय अनुकूल रहनेछ। कामको प्रशंसा हुनेछ र उच्च अधिकारीहरूबाट सम्मान वा पुरस्कार प्राप्त हुन सक्छ। लामो समयको मेहनतको फल प्राप्त हुने समय हो। कार्यस्थलमा तपाईंको छवि बलियो बन्नेछ र सहकर्मीहरूको सहयोग पनि मिल्नेछ।
सप्ताहको सुरुवातमा तपाईं केही उदास महसुस गर्न सक्नुहुन्छ। कार्यक्षेत्रसँगै घरायसी तनावका कुरा पनि अगाडि आउन सक्छन्। आफ्ना गलत बानीहरू सुधार गर्नुपर्ने आवश्यकता छ। बुढाबुढीहरूको अपमान नगर्नुहोस्। अस्थमा र कब्जियतका बिरामीहरूले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। जीवनसाथीसँग कुनै पनि कुरा नलुकाउनु राम्रो हुनेछ। आत्म–विश्लेषण गर्नु आवश्यक छ। यदि कुनै समस्या छ भने जीवनसाथीसँग साझा गर्नु लाभदायक हुनेछ।
उपाय- दैनिक सूर्य देवतालाई जल अर्पण गर्नु लाभदायक हुनेछ।श्रीसूक्तको पाठ गर्नुहोस् र शिवलिङ्गमा पञ्चामृतले अभिषेक गर्नुहोस्।
वृश्चिक राशि
यो साता मिश्रित फलदायी रहनेछ । व्यापारमा निरन्तरता रहनेछ। तपाईं आफ्नै मन अनुसार निर्णय लिनुहुनेछ। शेयर बजारबाट राम्रो धनलाभ हुने सम्भावना छ। पुरानो बीमा वा नीतिबाट अचानक आर्थिक लाभ प्राप्त हुन सक्छ। आम्दानीका नयाँ अवसरहरू प्राप्त हुनेछन्। कुनै नयाँ फिल्म वा वेब सिरिजको आनन्द लिन सकिनेछ। साथीहरूसँग पुराना सम्झनाहरू ताजा हुनेछन्। शत्रुहरूका बीच तपाईंको प्रभाव र वर्चस्व बढ्नेछ।
उच्च पदमा कार्यरत व्यक्तिहरूलाई बढी मेहनत गर्नुपर्ने स्थिति आउन सक्छ। मानिसहरूले तपाईंको सिद्धान्त र कार्यशैलीको आलोचना गर्न सक्छन्, जसले तपाईंलाई क्रोधित बनाउन सक्छ। तर अरूको प्रभावमा आएर आफ्नो मौलिकता नछोड्नु राम्रो हुनेछ। बेरोजगार व्यक्तिहरूलाई केही कठिनाइको सामना गर्नुपर्ने हुन सक्छ। नसासम्बन्धी दुखाइ वा तानिने समस्या देखिन सक्छ। अनावश्यक यात्राबाट टाढा रहनु उपयुक्त हुनेछ।
आर्थिक दृष्टिले यो सप्ताह अनुकूल रहनेछ। आम्दानीका स्रोतहरू स्थिर रहनेछन् र आर्थिक अवस्था पहिलेभन्दा राम्रो बन्न सक्छ। तर आम्दानी र खर्चबीच सन्तुलन राख्नु आवश्यक हुनेछ।
व्यापार गर्नेहरूका लागि यो समय लाभदायक रहनेछ। लामो समयदेखि रोकिएका योजनाहरू पुनः सुरु गर्न सकिनेछन्, जसबाट भविष्यमा राम्रो नाफा प्राप्त हुन सक्छ। जागिर खोजिरहेका व्यक्तिहरूले राम्रो अवसर पाउने सम्भावना छ। विद्यार्थीहरूका लागि यो सप्ताह मेहनत र अनुशासनको संकेत दिनेछ। पढाइमा ध्यान केन्द्रित गर्नु आवश्यक हुनेछ। लक्ष्य स्पष्ट राखेर नियमित अध्ययन गर्नुपर्छ। प्रतियोगी परीक्षाको तयारी गर्नेहरूले समय व्यवस्थापन र निरन्तर अभ्यासमा ध्यान दिनु लाभदायक हुनेछ।
शुभ उपाय- स्वास्थ्य सुधार र मानसिक शान्तिका लागि प्रत्येक दिन बिहान भगवान शिवलाई जल अर्पण गरी श्रद्धापूर्वक ध्यान गर्नुहोस्।
धनु राशि
यो सप्ताह फलदायी रहनेछ। विदेश यात्रामा आएको बाधा हट्नेछ। पति–पत्नीबीचको सम्बन्धमा मधुरता बढ्नेछ। व्यापारमा मनचाहे परिणाम प्राप्त हुनेछन्। उच्च शिक्षा लिइरहेका विद्यार्थीलाई जागिर सुरु गर्ने प्रस्ताव आउन सक्छ। आयात–निर्यातसँग सम्बन्धित व्यक्तिहरूको महत्वपूर्ण व्यापारिक यात्रा सप्ताहको मध्यतिर हुन सक्छ। आफ्नो कुरा प्रस्तुत गरेर अरूलाई प्रभावित गर्न सफल हुनुहुनेछ। राजनीतिमा रुचि बढ्न सक्छ।
व्यापारसँग सम्बन्धित व्यक्तिहरूका लागि यो सप्ताह अनुकूल रहनेछ। नयाँ व्यापारिक योजना वा प्रोजेक्ट सुरु गर्ने सोच छ भने यो समय लाभदायक हुनेछ। तपाईंका नयाँ कदमहरूले भविष्यमा राम्रो नतिजा र आर्थिक लाभ दिलाउन सक्छन्। करियर क्षेत्रमा आफ्नो प्रतिभा र क्षमता देखाउने अवसर प्राप्त हुनेछ। कामको प्रशंसा हुनेछ र नयाँ जिम्मेवारी पनि आउन सक्छ। यो समय पेशागत जीवनमा प्रगति गर्ने राम्रो अवसर हो। विद्यार्थीहरूका लागि यो सप्ताह विशेष शुभ रहनेछ। नयाँ कोर्स वा अध्ययनको अवसर मिल्न सक्छ।
स्वास्थ्यको दृष्टिले यो सप्ताह सकारात्मक रहनेछ। ऊर्जा र उत्साह बढ्नेछ, जसले दैनिक काम सजिलै सम्पन्न गर्न मद्दत गर्नेछ। शारीरिक र मानसिक रूपमा स्वस्थ महसुस हुनेछ।
आर्थिक अवस्थामा सुधार आउने सम्भावना छ। यदि विगतमा आर्थिक समस्या थियो भने यस सप्ताह राहत मिल्नेछ। ऋण, वित्तीय सहायता वा लगानीसँग सम्बन्धित विषयमा सकारात्मक परिणाम प्राप्त हुन सक्छ। आर्थिक सहयोगका लागि गरेका प्रयास सफल हुने सम्भावना छ।
सम्पत्ति सम्बन्धी मामिलामा केही अलमल हुन सक्छ। सूर्यको गोचरका कारण बुबाको स्वास्थ्य वा चिन्तामा वृद्धि हुन सक्छ। आफ्नो स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ, त्यसैले शरीरलाई पर्याप्त पोषण दिन आवश्यक छ। पर्याप्त निद्रा लिनु राम्रो हुनेछ। शनिबार घरमा सानो झगडा वा तनावको स्थिति बन्न सक्छ। कार्यक्षेत्रमा साना प्राविधिक गल्तीहरू हुन सक्छन्, त्यसैले सावधानी अपनाउनु आवश्यक छ।
उपाय: प्रत्येक दिन शिवलिङ्गमा जल, चामल र तिल मिलाएर अभिषेक गर्नु लाभदायक हुनेछ।
मकर राशि
यस सप्ताह पारिवारिक समस्याको समाधान हुनसक्छ । घर–परिवारमा सबै कुरा राम्रो रहनेछ। विरोधीहरूको प्रभाव कम हुनेछ। आर्थिक तथा सामाजिक रूपमा तपाईं अत्यन्त सुदृढ रहनुहुनेछ। वैवाहिक सम्बन्ध केही नीरस भए पनि समग्रमा राम्रो रहनेछ। तपाईंको आत्मविश्वासमा वृद्धि हुनेछ। व्यवसायमा ठूला सम्झौता हुन सक्छन्।
स्वास्थ्यलाई लिएर तपाईं अत्यन्त सचेत रहनुहुनेछ, जसका कारण तपाईं ऊर्जा पूर्ण महसुस गर्नुहुनेछ। महत्वपूर्ण कार्यहरूको योजना बनाउन तपाईं प्रेरित रहनुहुनेछ।
आर्थिक दृष्टिले यो सप्ताह राहत दिने खालको रहनेछ। लामो समयदेखि चलिरहेका धनसम्बन्धी समस्यामा सुधार आउने सम्भावना छ। ऋण वा लोनका लागि आवेदन गर्दा सकारात्मक परिणाम प्राप्त हुन सक्छ। तपाईं आफ्नो आयका स्रोतहरूमा ध्यान दिनुहुनेछ र आर्थिक स्थितिलाई मजबुत बनाउन नयाँ योजना बनाउनुहुनेछ।
व्यापारमा संलग्न व्यक्तिहरूका लागि यो सप्ताह नयाँ अवसरहरूले भरिएको रहनेछ। तपाईं आफ्नो व्यवसायमा कुनै नयाँ काम वा परियोजना सुरु गर्न सक्नुहुन्छ, जसले भविष्यमा राम्रो लाभ दिन सक्छ। जागिर गर्ने व्यक्तिहरूले आफ्नो काममा विशेष ध्यान दिनु आवश्यक हुनेछ। विद्यार्थीहरूका लागि यो सप्ताह उत्साहजनक रहनेछ। तपाईं कुनै नयाँ कोर्समा भर्ना लिने विचार गर्न सक्नुहुन्छ, जुन भविष्यका लागि लाभदायक हुनेछ। प्रतियोगी परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूले सफलताको लागि अझ बढी मेहनत र अनुशासन अपनाउनुपर्नेछ।
यस सप्ताह मनोरञ्जनका साधनहरूमा अनुमानभन्दा बढी खर्च हुन सक्छ। आय र व्ययको सन्तुलन बिग्रन नदिन ध्यान दिनु आवश्यक छ। पुराना रोकिएका कामहरू पुनः सुरु नगर्नु राम्रो हुनेछ। आइतबार पेट दुख्ने समस्या देखिन सक्छ, त्यसैले डिब्बाबन्द खाना सेवनबाट बच्नुहोस्। बालबालिकाले अध्ययनका क्रममा नयाँ कुरामा रुचि देखाउनेछन्, जसले गर्दा उनीहरूको शैक्षिक प्रदर्शनमा केही कमी आउन सक्छ। शनिबार कार्यक्षेत्रमा केही अनौठा परिस्थितिहरूको सामना गर्नुपर्ला।
उपाय- प्रतिदिन एकान्तमा बसेर भगवानको राम नामको जप गर्नुहोस् ।
कुम्भ राशि
यदि कुनै सम्पत्ति बेच्ने योजना बनाइरहनुभएको थियो भने यो सप्ताह त्यसका लागि अनुकूल रहनेछ । व्यापारमा नयाँ साझेदारहरू जोडिन सक्छन्। आफ्नो जीवनशैलीप्रति तपाईं केही सचेत बन्नुहुनेछ। कुनै विशेष कार्यक्रममा सहभागी हुने अवसर मिल्न सक्छ। परिवारका सदस्यहरूले तपाईंको भावनाको सम्मान गर्नेछन्। सप्ताहको मध्यतिर बालबालिकासँग घुमघाममा जान सकिने सम्भावना छ। सन्तानको भविष्यलाई लिएर तपाईं केही महत्वपूर्ण निर्णय लिन सक्नुहुन्छ।
आर्थिक मामिलामा यो सप्ताह विशेष सावधानी अपनाउनु आवश्यक हुनेछ। बिना योजना आवश्यकता र इच्छामा बढी खर्च गर्दा भविष्यमा आर्थिक दबाब पर्न सक्छ। महिनाको अन्त्यमा आर्थिक कठिनाइबाट बच्न खर्च नियन्त्रण गर्नु अत्यन्त आवश्यक हुनेछ।
व्यापार र रोजगारका क्षेत्रमा यो सप्ताह मेहनत र समर्पणको राम्रो परिणाम दिनेछ। तपाईं कुनै नयाँ परियोजना वा व्यवसायिक योजना सुरु गर्न सक्नुहुन्छ, जसमा सफलताको राम्रो सम्भावना देखिन्छ। जागिर गर्ने व्यक्तिहरूले कार्यस्थलमा संयम र सावधानी अपनाउनु राम्रो हुनेछ।
करियर र शिक्षामा विद्यार्थीहरूका लागि यो सप्ताह मिश्रित परिणाम दिनेछ। कठिन विषय बुझ्न र अध्ययनमा एकाग्रता कायम राख्न केही समस्या आउन सक्छ। यस्तो अवस्थामा निराश नहुनुहोस्, शिक्षक वा अनुभवी व्यक्तिहरूको सल्लाह लिनु लाभदायक हुनेछ।
सप्ताहको सुरुवात दाम्पत्य सम्बन्धका लागि त्यति राम्रो छैन। कार्यक्षेत्रमा तनावपूर्ण वातावरण हुन सक्छ। निरन्तर प्रयास गर्दा मात्र सफलता प्राप्त हुनेछ। साथीहरूको व्यवहारले मन दुख्न सक्छ। पुरुष जातकहरूले महिला सहकर्मीबाट केही समस्या अनुभव गर्न सक्छन्। सवारी साधन खरिद गर्दा सोचविचार गरेर मात्र निर्णय लिनुहोस्। आइतबार र बुधबार विशेष रूपमा अशुभ दिन हुन सक्छन्।
उपाय- मंगलबार र शनिबार सुन्दरकाण्डको पाठ गर्नु लाभदायी हुनेछ।राम्रो स्वास्थ्य, मानसिक शान्ति र सकारात्मक ऊर्जाका लागि प्रत्येक बिहान सूर्य देवतालाई जल अर्पण गर्नुहोस्।
मीन राशि
यो सप्ताहको सुरुवातमा सुखद समाचार सुन्न पाइने सम्भावना छ। रचनात्मक कामहरूबाट राम्रो लाभ मिल्नेछ। अन्तर्वार्ता वा अन्य प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुनुहुन्छ भने सफलता प्राप्त गर्ने राम्रो योग छ।
मानिसहरूले तपाईंका कुरालाई महत्त्व दिनेछन्। अधीनस्थ कर्मचारीहरूको मेहनतबाट तपाईं सन्तुष्ट हुनुहुनेछ। तपाईंमाथि जिम्मेवारी बढ्नेछ तर दृढ निश्चयका कारण तपाईंले आफ्ना लक्ष्यहरू पूरा गर्न सक्नुहुनेछ। आइतबार र शुक्रबार विशेष रूपमा शुभ दिन रहनेछन्।
यो सप्ताह तपाईं आराम गर्न मन पराउनुहुनेछ। तर लापरवाही व्यवहारका कारण जीवनसाथी रिसाउन सक्छन्। तपाईंप्रति नकारात्मक कुरा गर्ने व्यक्तिसँग धेरै घुलमिल नगर्नु राम्रो हुनेछ। प्रेम सम्बन्धमा साथीको भावनाको सम्मान गर्नु आवश्यक छ। बचत गरेको पैसा अनावश्यक काममा खर्च हुन सक्छ, त्यसैले आर्थिक योजनामा ध्यान दिनुहोस्।
बालबालिकाको गतिविधिमा विशेष निगरानी राख्नु आवश्यक छ, आवश्यक परेमा सही मार्गदर्शन दिनुहोस्। मंगलबार र बुधबार कमजोर दिन हुन सक्छन्।
प्रेम सम्बन्धका लागि यो सप्ताह निकै शुभ संकेत दिनेछ। यदि तपाईं सम्बन्धमा हुनुहुन्छ भने आफ्नो प्रियजनसँग भावनात्मक नजिकपन बढ्नेछ। एकअर्काको भावना र आवश्यकताहरू बुझ्ने अवसर मिल्नेछ।
आर्थिक दृष्टिले यस सप्ताह सतर्कता अपनाउनु आवश्यक हुनेछ। अनावश्यक खर्चले आर्थिक योजना बिगार्न सक्छ, त्यसैले बजेट बनाएर चल्नु राम्रो हुनेछ। प्राेपर्टीमा लगानी वा घरायसी आवश्यक वस्तुको खरिदमा भने राम्रो परिणाम मिल्न सक्छ।
व्यापार र रोजगारका क्षेत्रमा यो सप्ताह लाभदायक रहन सक्छ तर सफलता निरन्तर मेहनत र धैर्यले मात्र मिल्नेछ। जागिर गर्ने व्यक्तिहरूलाई नयाँ अवसर प्राप्त हुन सक्छ, जसले पदोन्नति वा राम्रो अवसर दिलाउन सक्छ।
करियर र शिक्षामा विद्यार्थीहरूले मेहनत र लगनशीलताका साथ अध्ययन गर्नुपर्ने समय हो। आत्मविश्वासको कमीले प्रदर्शनमा असर गर्न सक्छ, त्यसैले आफ्ना क्षमतामा विश्वास राख्नु अत्यन्त आवश्यक हुनेछ।
उपाय- दुर्गा चालीसाको पाठ गर्नु लाभदायी हुनेछ।





























प्रतिक्रिया