काठमाडौं । त्रिपुरेश्वमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।
प्रहरीले मोटरसाइकलमा ‘ह्वील लक’ लगाएको विषयमा विवाद हुँदा त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेटअगाडि ती पुरुषले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् ।
घाइतेलाई उपचारका लागि प्रहरीले बीरअस्पताल पुर्याएको छ । उनको पहिचान भने खुलेको छैन ।






























