कोरोना बीमाको भुक्तानी एक साताभित्रै पाइने 

कोरोना बीमाको भुक्तानी एक साताभित्रै पाइने 

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कोरोना बीमाको रकम भुक्तानीको दाबी गरेको एक साताभित्रै भुक्तानी पाइने भएको छ ।

मंगलबार अर्थ मन्त्रालयमा बसेको बैठकले बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बीमितहरूलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने निर्णय गरेको हो । बैठकले दाबी गरेको एक हप्ताभित्र रकम पाए/नपाएको अनुगमन र समन्वय बीमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ ।

अर्थमन्त्री पौडेलले बीमितहरुले बीमाङ्क रकम दाबी गर्नासाथ अविलम्ब भुक्तानी दिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिए । यस्तै कोरोना बीमाको दाबी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाहरूको सुनुवाइ गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीहरुलाई निर्देशन दिन हटलाइन टेलिफोनसहितको हेल्प डेक्स सञ्चालन गर्ने व्यवस्था बीमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको छ ।

अहिलेसम्म १७ लाख ७० हजार नौ सय जनाले कोरोना बीमा गरेकोमा १३ हजार तीन सय ५३ जनाले बीमा भुक्तानी दाबी गरेका छन् । बैठकमा अर्थमन्त्री विष्णु पौडेल, अर्थ सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ, बिमक सङ्घका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको उपस्थिति थियो ।

Skip This
Skip This
Logo