शिशु फाल्ने २ जना पक्राउ

शिशु फाल्ने २ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

नवलपरासी । शिशुलाई जङ्गलमा लगेर फाल्ने दुई जना आज पक्राउ परेका छन् । कात्तिक ४ गते दिउँसो नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ स्थित चुवा खोल्सा जङ्गलमा सालनालसहितको शिशु फाल्ने महिला तथा पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

जङ्गलमा नाभी नकाटेको अवस्थामा मृत शिशु भेटिएपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा हुप्सेकोट–४ शङ्खदेवकी ३९ वर्षीया पुनीसरा गाहा र ४२ वर्षीय टकबहादुर घर्ती मगर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पूर्व० का सूचना अधिकारी विशाल तामाङले जानकारी दिए ।

पक्राउ परेका दूवैविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को भाग २ परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरअन्तर्गत नवलपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको तामाङको भनाइ छ । महिलाको अर्कै पुरुषसँगको सम्बन्ध पछि बच्चा जन्मिकाले उनीहरूले जङ्गलमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ ।

Logo