काठमाडौँका दुई स्थानमा नयाँ ट्राफिक लाइट जडान

काठमाडौँका दुई स्थानमा नयाँ ट्राफिक लाइट जडान

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै बिहीबार कृष्ण पाउरोटी चोक र गैह्रीधारामा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याएको छ ।

महाशाखाले कृष्ण पाउरोटी चोकमा प्राइम कमर्सियल बैंक लिमिटेड र गैह्रीधारामा सनराइज बैंकसँग समन्वय गरी नयाँ ट्राफिक लाइट जडान गरेको हो । काठमाडौँ उपत्यकामा बढिरहेको चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिँदै आएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

“हामी ट्राफिक व्यवस्थापनलाई प्रविधितर्फ लाग्न प्रयासरत छौं, यसका लागि सडक विभाग बाहेक स्थानीय निकाय, विभिन्न बैंक तथा वित्तिय संघसंस्थाहरुसँग निरन्तर सहकार्य गर्दै आइरहेका छौं”, उनले भने ।

Logo