सुर्खेत।
वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले दशैंँभत्ताका रुपमा आफूलाई प्राप्त रकम मानव सेवा आश्रमलाई दिएका छन् ।
नगर प्रमुख सुवेदीले भत्तावापत पाएको रु १५ हजार आश्रमलाई प्रदान गरेका हुन् ।
उनले रु पाँच हजार बराबरको खाद्य पदार्थ तथा १० हजार बराबरको फलफूल हस्तान्तरण गर्दै मानवतालाई जोगाउन र सहयोगापेक्षी मानवलाई सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए ।































प्रतिक्रिया