साढे २९ लाखसहित दश जुवाडे पक्राउ

साढे २९ लाखसहित दश जुवाडे पक्राउ

केन्द्रबिन्दु
0
Shares

बाँके।

बाँकेको नेपालगन्जमा २९ लाख ४८ हजार रुपैयाँसहित दशजना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका– ४ बसपार्कस्थित कृष्ण सुवेदीको घरमा तास खेलिरहेको अवस्थामा सोही स्थानका ४१ वर्षीय सन्तोष थापासहित दशजनालाई बुधबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उक्त घरमा तासको खेल चलिरहेको भन्ने सूचना प्राप्त भएपछि खटिएको प्रहरीले तास खेलिरहेकाहरूको साथबाट उक्त रकमसमेत बरामद गरेको जनाइएको छ ।

यसबारेमा थप अनुसन्धान जारी राखेको बाँके प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo