काठमाडौं उपत्यकामा थपिए ८९५ संक्रमित

काठमाडौं उपत्यकामा थपिए ८९५ संक्रमित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९५ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६७३, ललितपुरमा १४६ र भक्तपुरमा ७६ जना कोरोना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर थप १७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Logo