काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज मुलुकका विभिन्न स्थानमा विद्युत कटौती गर्दैछ । देशका विभिन्न स्थानमा मर्मतसम्भार गर्नु पर्ने भएकाले विद्युत कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
आज प्रदेश ५ र प्रदेश १ का तीन/तीन वटा फिडरमा आज विद्युत कटौती हुनेछ । प्रदेश ५ को नेपालगञ्ज वितरण केन्द्रमा दिउँसो १२:३०देखि ४:३० सम्म सटडाउन हुनेछ । यसक्रममा न्यूरोड, गनेशपुर, धम्बोझी, सानीमा बैंक, पिपल चौतारालगायतका स्थानमा विद्युत कटौती हुनेछ ।
यस्तै नेपालगञ्जकै एयरपोर्ट फिडरमा ११ बजेदेखि १२:३० बजेसम्म विद्युत सटडाउन हुँदा सुर्खेत रोडको पश्चिमी क्षेत्रलगायत अन्य स्थानमा पनि बत्ती जानेछ । साथै प्रदेश १ को धरान वितरण केन्द्रको धरान फिडरमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत कटौती हुनेछ ।





























प्रतिक्रिया