श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

केन्द्रबिन्दु
3
Shares

आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा एकजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेकाे छ ।

शुक्रबार ४२ वर्षीया हरिमाया पुन आफ्नै सुत्ने कोठामा मृत फेला परेपछि श्रीमानलाई हत्या अभियोगमा पक्राउ गरिएकाे हाे । 

पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ घर भई कास्कीको पोखरा महानगरपालिका–३३ उपल्लो पुँडीमा बस्दै आएका ५० वर्षीय गमबहादुर पुनलाई प्रहरीृले पक्राउ गरेकाे हाे । 

बिहीबार समयमै खाना नबनाएको विषयमा झगडा परेपछि गमबहादुरले श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गरेकाे अनुसन्धानबाट खुलेकाे र थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ । 

Logo