७७ वर्षीय एक कोरोना संक्रमितकाे मृत्यु

७७ वर्षीय एक कोरोना संक्रमितकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत ७७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका का १ का ती वृद्धको गएराति उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । कात्तिक २ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष कात्तिक ८ गते श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।

ती पुरुष उच्च रक्तचाप, दम तथा मधुमेहबाट समेत ग्रसित थिए ।

Logo