नेपालमा आज १३४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज १३४ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ जना पुगेको छ । आज १३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ७५३ रहेको छ ।

पछिल्लो २४ घण्टामा ११८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ५४९ पुगेको छ । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।  

नेपालमा हालसम्म २१ लाख ४ हजार ६२६ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ५६७ जनाको परीक्षण गरिएको छ।

काठमाडौं उपत्यकामा आज ६५ जनामा संक्रमण पुष्टि भएको छ । 

Logo