नक्कली सुन बेचेर आधा करोड ठगी गर्ने ५ जना पक्राउ

नक्कली सुन बेचेर आधा करोड ठगी गर्ने ५ जना पक्राउ


काठमाडौं महानगरपालिका ताहाचल बस्ने एक व्यक्तिलाई सक्कली सुन हाे, भन्दै पहेलो धातु बेचेर ५५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१६ बस्दै आएका काभ्रे भुम्लु गाउँपालिका-५ घर भएका ३२ वर्षीय सन्त बहादुर लामा, काठमाडौं तार्केश्वर नगरपालिका-५ शान्तिटोल बस्नेहरू नुवाकोट किस्पाङ गाउँपालिका-१ नुजेत घर भएका ४५ वर्षीय ऋषमान घले, किसपाङ गाउँपालिका-१ घर भएका जित भन्ने ३५ वर्षीय मेख तामाङ, किसपाङ्ग गाउँपालिका-१ घर भएका चन्द्र भन्ने २० वर्षीय जेरि तामाङ र काठमाडौं महानगरपालिका ताहाचल बस्ने झापा अनारमनि-१ बिर्तामोड घर भएका पप्पु भन्ने ५३ वर्षीय अभय कुमार चौधरी पक्राउ परेका हुन् । 

उनीहरूले यही माघ ११ गते उक्त सुन जस्तो देखिने १ किलो पहेलो धातु सक्कली सुन हो, भन्दै उक्त रुपैयाँ ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएकाे छ । विशेष सुराकीकाे आधारमा प्रहरीले उनीहरुलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Logo