सपना रोकामगरलाई अभद्र व्यवहार गरेको अभियोगमा विनयजङ्ग पक्राउ

सपना रोकामगरलाई अभद्र व्यवहार गरेको अभियोगमा विनयजङ्ग पक्राउ

केन्द्रबिन्दु
0
Shares

अभद्र व्यवहारको आरोपमा विनयजंग बस्नेत पक्राउ परेका छन् । बस्नेतलाई प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट मंगलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए ।

काठमाडौंमा बेवारिसे शव जलाएर व्यवस्थापन गर्दै आएका विनयजङ्ग बस्नेतलाई प्रहरीले आज पक्राउ गरेको हाे। महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार सोही काममा संलग्न सपना रोकामगरको निवेदनको आधारमा बस्नेतलाई पक्राउ गरिएको को हो ।

उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । केही अघि बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी मगरले आफूलाई बस्नेतले अभद्र व्यवहार गरेको भन्दै आइतबार निवेदन दिएको प्रहरीले जनाएको छ । उनीहरू एक अर्कालाई बाबुछोरी भनेर सम्बोधन गर्ने गरेका थिए ।

Skip This
Skip This
Logo