कोरोना सङ्क्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

विराटनगरमा शनिबार थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत इलाम नगरपालिका–२ का ५९ वर्षीया महिला तथा सुनसरीको गढी गाउँपालिका–९ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

श्वास प्रश्वासमा समस्या देखिएपछि कात्तिक ४ गते अस्पताल भर्ना भएकी ती महिलामा सोही दिन कोरोना पुष्टि भएको थियो ।

त्यस्तै निमोनिया रोगबाट पीडित भएपछि कात्तिक ४ गते अस्पताल भर्ना भएका ती पुरुषमा पनि सोही दिन कोरोना पुष्टि भएको थियो । दुबै जनाको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए।रासस

Skip This
Skip This
Logo