काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी श्रीमती हिसिला यमीलाई कोरोना संक्रमण भएकाे छ । आज आफू र श्रीमतीलाई संक्रमण भएकाे सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’
संक्रमण पुष्टि भएपछि चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा छन् । भट्टराईले केही समययता आफूहरूसँग सम्पर्कमा रहेकालाई सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।































प्रतिक्रिया