समाज वाग्मती

हेमबहादुर मल्ल सम्मान छातीरोग विशेषज्ञ डा. दासलाई 

15 Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले विसं ०७५ को हेमबहादुर मल्ल सम्मान वरिष्ठ छातीरोग विशेषज्ञ डा गौरीशङ्करलाल दासलाई प्रदान गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक समारोहमा उनले चिकित्सा र सामाजिक सेवामा गरेको अतुलनीय योगदानको कदर गर्दै ९६ वर्षीय डा दासलाई सम्मानपत्रसहित दुई लाख राशिको उक्त पुरस्कार प्रदान गरिन् । 

नेपाल जनप्रशासन सङ्घसँगको समन्वयमा आफ्ना प्रथम महाप्रबन्धक हेमबहादुर मल्लको स्मृतिमा साल्ट ट्रेडिङ कर्पोरेशनले २०५९ सालमा उक्त पुरस्कार स्थापना गरेको हो । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको गरिमा बढाउनका साथै सामाजिक सेवामा समर्पित रहेर सार्वजनिक सेवा प्रवाहमा गर्नुभएको योगदानको कदर गर्दै पूर्वमन्त्री तथा कानून आयोगका अध्यक्ष माधव पौडेलको संयोजकत्वमा गठित समितिले उनलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । 

आँखा चिकित्सक डा सन्दुक रुईत, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, नागरिक समाजका अगुवा डा देवेन्द्रराज पाण्डे, नवप्रवर्तनका अभियन्ता महावीर पुन, मुटुरोग विशेषज्ञ डा भगवान् कोइराला लगायत यो पुरस्कारबाट सम्मानित भएका छन्।रासस

प्रकाशित: १३ फाल्गुन २०७७ १७:११ बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी