ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

धादिङको ज्वालामुखी गाउँपालिका–३  अमराईमा आज भएको दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ ।

ग १ त १०४१ नम्बरको खाली ट्याक्टरले ठक्कर दिँदा विष्णु अधिकारीको  ११ वर्षीया छोरी विवेस्ना अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

ठक्करबाट गम्भीर घाइते भएका अधिकारीको धादिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

Skip This
Skip This
Logo