प्रधानमन्त्री ओलीबाट पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन

प्रधानमन्त्री ओलीबाट पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन


प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको  मंगलबार उद्घाटन गरेका छन् । उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरि अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि  गरेका छन् ।

बिर्तामोड निवासी दुर्गा प्रसाईँको ६ अर्ब निजी लगानीमा अस्पताल निर्माण भएको हो । जसमा तीन सय शय्या छन् । करीब एक वर्ष अघि नै सेवा शुरु गरेको अस्पतालको मंगलबारविधिवत् उद्घाटन भएको हो ।  

एक वर्षका अवधिमा करीब दुई हजार सात सय बिरामीले अस्पतालबाट सेवा लिएका छन् । जसमध्ये करीब एक हजार तीन सय झापाकै बासिन्दा रहेको बताइएको छ ।रासस

Logo