नेपाल बैंक लिमिटेडमा विभिन्न पदमा करिब २०० जनालाई रोजगारको अवसर खुलेकाे छ । बैंकले आज अनलाइन दरखास्त फारम भर्नेसम्बन्धी समेत सूचना प्रकाशित गरेर रोजगारको अवसर खुलाएको जनाएको हाे ।
लोकसेवा आयोगको सहमतिअनुसार रिक्त रहेको पदहरुमा खुल्ला प्रतियोगिताबाट पदपूर्तिको लागि आवेदन मागिएको सो बैंकले जनाएको हो । उक्त दरखास्त आजदेसि चैत १२ गतेसम्म अनलाइन माध्यमबाट भर्न सकिने बैंकको भनाइ छ ।
बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरुअन्तर्गत सहायकका लागि दरखास्त मागेको छ । फारम बैंककाे वेभसाइटमा भर्न सकिन्छ ।





























प्रतिक्रिया