मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी प्रतिष्ठित पुरस्कार

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी प्रतिष्ठित पुरस्कार

केन्द्रबिन्दु
0
Shares

अमेरिकाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

नेपालस्थित अमेरिकी मिशन मुस्कान खातुनलाई तेजाब आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिने घोषणा गरेको हाे । अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमका बिच उक्त पुरस्कार मुस्कान लगायतका विजेताहरूलाई प्रदान गर्नेछन्।

हाल १५ औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले प्रायजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहसी महिलाको सम्मान गर्दछ।

नेपालस्थित अमेरिकी दूतावासले भनेको छ, ‘मुस्कानले एक दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन् । धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लबी गरिन् । उनले प्रधानमन्त्री के.पी. ओलीसँग भेट गरिन् जसले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे । यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण थियो ।’

Skip This
Skip This
Logo