नेपालमा आज ८९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज ८९ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८१० जना पुगेको छ । आज ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ८७२ जना रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ९२७ पुगेको छ । 

पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । हालसम्म कूल मृत्यु हुने संक्रमितको संख्या ३ हजार ११ पुगेको छ ।

नेपालमा हालसम्म २१ लाख ९७ हजार २३५ जनाको पीसीआर परीक्षण गरिएको छ । 

Logo