मुस्कान खातुनलाई मुस्लिम आयोगको सम्मान

मुस्कान खातुनलाई मुस्लिम आयोगको सम्मान

केन्द्रबिन्दु
0
Shares

नेपाल मुस्लिम आयोगले मुस्कान खातुनलाई आफ्ना कार्यक्रमहरुमा विशेष वक्ताको रुपमा राख्ने भएको छ । आयोगले आयोजना गर्ने सबै प्रकारका औपचारिक कार्यक्रममा विशेष वक्ताको रुपमा प्रस्तुत गर्ने भएको हो। 

बुधबार आयोग कार्यालयमा एसिड पीडित खातुनलाई अध्यक्ष समिम मिया अन्सारीले सम्मान गरे। सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले एसिडविरुद्धको अभियानमा मुस्कानको भूमिका महत्वपूर्ण हुने भएकोले विशेष स्थान दिन लागिएको बताए । एसिडले जलेको घाउलाई शक्तिमा बदलेर समाजमा उभिन सक्नु ठूलो साहसको काम भएकोले आयोगले सम्मान गरेको अध्यक्ष अन्सारीले बताए।

यस्तै सम्मानित खातुनले सबैको सहयोग र सद्भावले आफूले पीडालाई शक्तिमा बदल्न सकेको बताए। आफूले एसिडविरुद्ध जनचेतना जगाउन काममा सधैंं लाग्ने पनि बताइन्।

केहि दिन अघि अमेरिकी सरकारले जलेको घाउ लिएर समाजमा क्रियाशील भएर कार्य गरिरहेको भनेर सम्मान गरेको थियो । यस्तै नेपाल सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विशेष सम्मान पनि गरेको छ।

Skip This
Skip This
Logo