लैनचौरबाट पेस्तोलसहित एकजना पक्राउ

लैनचौरबाट पेस्तोलसहित एकजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौंको लैनचौरबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

सिन्धुपाल्चोकको भोटेचौर घर भई सामाखुसी टाउन प्लानिङ बस्ने २८ वर्षीय कृष्ण चौलागाईंलाई बुधबार सशस्त्र प्रहरीले पक्राउ गरेकाे हाे ।

काठमाडौं महानगरपालिका-२६ बाट एकथान नलकटुवा पेस्तोल र एक थान गोली समेत बरामद गरेकाे सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले जनाएकाे छ ।

Logo