महाशिवरात्रि : पशुपतिनाथमा भक्तजनलाई दर्शन गर्न सहज

महाशिवरात्रि : पशुपतिनाथमा भक्तजनलाई दर्शन गर्न सहज

केन्द्रबिन्दु
0
Shares

महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथमा दर्शनार्थीहरुलाई सहजरुपमा पूजाआजाको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

बिहीबार महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थी तथा भक्तजनहरुको भीड लागेको छ। अघिल्लो वर्षहरुको तुलनामा यस वर्ष दर्शनार्थीलाई मन्दिर दर्शनका लागि छिटो र सहज हुने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले बताएको छ। ११ वटा उपसमिति गठन गरि राम्रो व्यवस्थापन गरिएको महाशिवरात्रि पर्व व्यवस्थापन समितिका प्रवक्ता रेवतीरमण अधिकारीले बताए। 

एकिकृत रुपमा सुरक्षा संयन्त्र परिचालन गरी सुरक्षाको प्रवन्ध मिलाइएको, स्वयम् सेवक पर्याप्त मात्रामा परिचालन गरिएको, भोजन, आवास, पानीको व्यवस्थापन मिलाइएको तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले बताए। जेष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्त व्यक्तिहरुका लागि सुरक्षाकर्मी र स्वयम् सेवकको सहयोगमा छिट्टै दर्शन गर्न सकिने व्यवस्था मिलाईएको छ ।

अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष दर्शन गर्न सहज भएको दर्शनार्थी तथा भक्तजनहरुले बताएका छन् । महाशिवरात्रि पर्वको अवसरमा उल्लेख्य रुपमा साधुसन्त तथा भक्तजनको उपस्थिति रहेको छ । कोभिड १९ को संक्रमणबाट बच्न अनिवार्य मास्कको प्रयोग गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ।

Skip This
Skip This
Logo