बालिका बिक्री गर्न भारत लैजाँदै गर्ने युवक पक्राउ

बालिका बिक्री गर्न भारत लैजाँदै गर्ने युवक पक्राउ

केन्द्रबिन्दु
0
Shares

धनुषा । ६ वर्षीया बालिकालाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका-१२ बस्ने ३५ वर्षीय मनोज महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

महतोले बालिकालाई बेचबिखन गर्नको लागि लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जटहीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नगराईन नगरपालिका-२ स्थित सडकबाट फेला पारी पक्राउ गरेको हो ।

महतो उपर मानव बेचविखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Logo