ट्राफिक नियम उल्लङ्घन गर्ने ८५० सवारी चालकमाथि कारवाही

ट्राफिक नियम उल्लङ्घन गर्ने ८५० सवारी चालकमाथि कारवाही

केन्द्रबिन्दु
0
Shares

विगत एक महिनाको अवधिमा अस्थायी ट्राफिक प्रहरी पोष्ट गोलबजारले ट्राफिक नियम उल्लङ्घन गर्ने ८५० भन्दा बढी सवारी चालकलाई कारवाही गरेको छ । 

गत फागुन १ देखि २९ गतेसम्मका अवधिमा आफ्नो क्षेत्रबाट ८५० सवारी साधनलाई कारवाही गरी पाँच लाख १० हजार राजश्व सङ्कलन गरिएको छ। ट्राफिक जाँचका क्रममा सबैभन्दा बढी मोटरसाइकल कारवाहीमा परेको अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक सुरेशप्रसाद यादवले जानकारी दिए।

ओभरलोड, प्रायोजन विपरीत प्रयोग भएका सवारी साधन, दुई जनाभन्दा बढी चढेका तथा हेल्मेट नलगाई चलाएका मोटरसाइकल लगायत सवारी साधनलाई कारवाही गरिएको उनले बताए। 

निःशुल्क आँखा शिविर 

सिरहाको लहान नगरपालिकामा सम्पन्न एकदिने निःशुल्क आँखा जाँच शिविरमा २६५ जनाले आँखा जाँच गराएका छन् । वडा नं ५ स्थित विलट साह रौनियार होमियोप्याथिक अस्पतालमा सञ्चालन भएको उक्त शिविरमा लहान नगरक्षेत्र तथा वरिपरिका गाउँका २६५ सर्वसाधारणले जाँच गराएका हुन् । 

नगरपालिकाको स्वास्थ्य शाखाको संयोजनमा सगरमाथा चौधरी आँखा अस्पतालले आयोजना गरेको सो शिविरमा जाँच गराएका २६५ जनाले आँखा जाँच गराएकामा ७५ मा मोतियाविन्दुका बिरामी भेटिएका जनाइएको छ। मोतियाविन्दु भएकालाई निःशुल्क शल्यक्रियाका लागि अस्पताल पठाइएको नगरपालिकाको स्वास्थ्य शाखाप्रमुख रामसुन्दर यादवले जानकारी दिए।रासस

Logo