राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ।
रुपन्देहीको बुटवलमा सम्पन्न महाधिवेशनले अध्यक्षमा विनोद पहाडी, वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, उपाध्यक्ष मिलन परियार, महिला उपाध्यक्षमा कमला कुमारी विक (रसाइली), प्रदेशगत उपाध्यक्षहरु प्रदेश १ बाट पर्वत पोर्तेल, २ बाट भोला पासवान, वाग्मतीबाट बुद्धि विश्वकर्मा, गण्डकीबाट दीपक परियार, लुम्बिनीबाट बिनोद परियार, कर्णालीबाट टेकेन्द्र विश्वकर्मा र सुदुरपश्चिमबाट करण ताम्राकार, महासचिवमा लक्ष्मण दर्नाल, सचिवमा सन्तोष गन्धर्व, बिरु नेपाली, सिकेन्द्र पासवान, रिता बुढाथोकी र कोषाध्यक्षमा भीम घिमिरे (विश्वकर्मा) लाई चयन गरेको छ ।
यसैगरी महिला सदस्यमा पूर्णीमा जनला, राधा नेपाली, अनित कुमारी, सुनित नेपाली, शान्ति गज्मेर र मालती विक चयन भएका छन्।
त्यस्तै केन्द्रीय सदस्यमा खुल्लातर्फ प्रेम सुनार, अमर सुनार, राधेश्याम विक, प्रविण गजमेर, सरिता बराइली, मानसिं विक, पीबी दियाली, फुलु सुनार, सञ्जय सौगात , राजेश सुनाम, वसन्त बिक, भिमबहादुर नेपाली गन्धर्व, राजन गाउँले, वसन्त विश्वकर्मा, किशान सङ्गित नेपाली चयन भएका छन् ।
महाधिवेशनबाट ३ सदस्यीय अनुशासन आयोगसमेत गठन गरिएको छ । दलित समुदायका मुद्धालाई सशक्त ढंगले अझै उठाउने, राज्यलाई थप जिम्मेवार बनाउन पहल गर्ने, दलित पत्रकारको हकहितका लागि अझै पहल गर्ने जस्ता विभिन्न माग राख्दै बुटवल घोषणापत्र समेत सार्वजनिक गरेको छ।





























प्रतिक्रिया