कोरोना सङ्क्रमितलाई पोषण भत्तास्वरुप पाँच हजार उपलब्ध गराइने

कोरोना सङ्क्रमितलाई पोषण भत्तास्वरुप पाँच हजार उपलब्ध गराइने

केन्द्रबिन्दु
0
Shares

नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोभिड–१९ पोजेटिभ भई होमआइसोलेशनमा बसेका व्यक्तिलाई पाँच हजार उपलब्ध गराउन सुरु गरेको छ। नगरपालिकाभित्र कोरोना भाइरस सङ्क्रमित भई होमआइसोलेशनमा बसेका व्यक्तिलाई पोषण भत्तास्वरुप सो रकम उपलब्ध गराउन थालिएको हो। 

गत भदौ २९ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार कोरोना भाइरस सङ्क्रमित भई होमआइसोलेशनमा बसेका व्यक्तिलाई पोषण भत्तास्वरुप पाँच हजार वितरण गर्न थालिएको नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले जानकारी दिए। उनले कोरोना सङ्क्रमित भएर होम आइसोलेशनमा बसिसकेका १८ जनालाई प्रतिव्यक्ति पाँच हजारका दरले उपलब्ध गराएको बताए। 

नगरपालिकाले कोरोना विरुद्धको अभियानमा सहयोग पुर्याउने उद्देश्यले कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्तिलाई होम आइसोलेशनमा बस्न र सङ्क्रमणविरुद्ध पौष्टिकयुक्त आहारा खान आग्रह गर्दै त्यसबापत पाँच हजार एकमुष्ट सहयोग दिने निर्णय अनुसार सङ्क्रमति सबैलाई आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ। 

प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद खतिवडाले कोरोना सङ्क्रमितको सङ्ख्या करीब एक हजार हुने अनुमानसहित नगरपालिकाले उनीहरुका लागि पोषण भत्तास्वरुप ५० लाख बजेट विनियोजन गरेको जानकारी दिए। अहिलेसम्म नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या एक सयको हाराहारीमा रहेको स्वास्थ्य शाखा प्रमुख सत्येन्द्र शाहले जानकारी दिए।रासस

Skip This
Skip This
Logo