विमानस्थलबाट सुनको बाला र औठीसहित एकजना पक्राउ

विमानस्थलबाट सुनको बाला र औठीसहित एकजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनकाे बलासहित एकजना पक्राउ परेका छन् । विमानस्थल सुरक्षामा खटिएकाे प्रहरीकाे टोलीले बाराका सहदेव चौधरीलाई पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार हिमालय एयरलाएन्सको उडानद्वारा मलेसियाबाट काठमाण्डौं आगमन भएका बारा कोहल्वी- ०४ का सहदेव चौधरीलाई  अन्तर्राष्ट्रिय आगमन नयाँ पार्किङ एरियामा शंकास्पद रुपमा उभिएको र निजको गतिविधि असामान्य देखिएकोले निजलाई सोधपुछ एवं चेकजाँच गर्दा निजले सुन जस्तो देखिने पंहेलो रंगको धातुको बाला र औंठीसहित पक्राउ गरेकाे हाे ।

उनले ७० ग्रामबराबरकाे उक्त धातु अबैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई बाला र औंठी सहित निजलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएकाे छ ।

Logo