नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ जना पुगेको छ। आज १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १ हजार २१७ जना रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार २७२ पुगेको छ।
पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ। नेपालमा हालसम्म २२ लाख ५१ हजार ८८४ जनाको पीसीआर परीक्षण गरिएको छ।





























प्रतिक्रिया