सिरहाको मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा दुई जना पक्राउ

सिरहाको मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

केही दिनअघि सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा आज सिरहा प्रहरीले दुई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका–५ निवासी २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर निवासी २६ वर्षीय अभिमन्यू गिरी रहेको प्रहरीले जनाएको छ। 

गत चैत १ गते मालपोत कार्यालयको पहिलो तल्लामा भएको बम विस्फोटमा एक कर्मचारीसहित आठ जना घाइते भएका थिए। प्रेसर कुकर बम विस्फोट हुँदा कार्यालयमा क्षति पुगेको थियो। बम विस्फोटको जिम्मा घटनाकै दिन तराई जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहले लिएको थियो। 

यसअघि सोही बम विस्फोटमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीले लहान नगरपालिका–१८ भदैया निवासी २८ वर्षीय बलराम मण्डललाई पक्राउ गरेको थियो।रासस

Skip This
Skip This
Logo