बुधबार साँझदेखि काठमाडौं उपत्यकासहित देशका केही भागमा वर्षा भएको छ। यो सँगै चैत १३ गतेदेखि लागेको तुवाँलो केही कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशभर स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाबाट आज बिहान जारी बुलेटिनमा देशको पहाडी भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना उल्लेख छ । केही भागहरुमा तुवाँलो कायम रहेको छ।
आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भागका थेरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
शुक्रबार दिउँसो देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ।
शनिबार दिउँसो देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भागको एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।





























प्रतिक्रिया