भाटभटेनीले खाद्य अनुज्ञापत्र नभएको मासु बिक्री गर्दै

भाटभटेनीले खाद्य अनुज्ञापत्र नभएको मासु बिक्री गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भाटभटेनी सुपरमार्केटले खाद्य अनुज्ञापत्र नभएको खसी बोकाको मासु बिक्री गरेको पाइएको छ । काठमाडौं महानगरपालिकाले सोमबार गरेको अनुगमनका क्रममा भाटभटेनी सुपरमार्केटमा बिक्रीमा राखिएको मासुको खाद्य अनुज्ञापत्र नभएको पाइएको हो । महानगरले काठमाडौंको कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा अनुगमन गरेको थियो । अनुगमनपछि पत्रकारहरुसँग कुरा गर्दै महानगरपालिकाका पशु विभाग अधिकृत डम्बरबहादुर बमले खाद्य अनुज्ञापत्र नभएको मासु बिक्रीका लागि राखिएको पाइएको जानकारी दिए ।

भाटभटेनीले नेपालगंजदेखि खसी बोकाको मासु ल्याई बिक्री वितरण गर्दै आएको छ । अनुज्ञापत्र नलिई बिक्री गरेको पाइएपछि सम्बन्धित आपूर्तिकर्तालाई सम्पर्क गरी खाद्य अनुज्ञापत्र तत्काल लिन आग्रह गरिएको पनि महानगरका पशु विभाग अधिकृत बमले बताए । भाटभटेनीले नेपालगंजबाट खसी बोकाको मासु ल्याई बिक्री वितरण गर्दै आएको छ । भाटभटेनीमा खसीको प्रतिकेजी ९ सय ९९ रुपैयाँ र बोकाको ८ सय ९९ सय रुपैयाँमा मासु बिक्री हुँदै आएको छ ।

Logo