एकै दिनमा एक लाखको फोटो बिक्री

एकै दिनमा एक लाखको फोटो बिक्री

केन्द्रबिन्दु
0
Shares

आन्द्राको क्यान्सर भएर उपचाररत दमौलीका फोटोग्राफर विकास दरैको सहयोगार्थ गरिएको फोटो प्रदर्शनीका क्रममा शुक्रबार एक लाखको फोटो बिक्री भएको छ । 

व्यास नगरपालिका–४ निवासी फोटोग्राफर दरैले खिचेका धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीयस्थललगायतका फोटो सदरमुकाम दमौलीस्थित अनसन चौतारीमा प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा राखिएका एउटा फोटोको दुई हजार मूल्य कायम गरिएको सहकर्मी युवराज भण्डारीले जानकारी  दिए । व्यावसायिक फोटोग्राफर तथा सङ्गीतमा समेत सक्रिय दरैको हाल भारतमा उपचार भइरहेको छ । क्यान्सरका कारण तीन वर्षयता थलिएको उनको उपचार खर्च जुटाउन उनका शुभेच्छुकले साङ्गीतिक कार्यक्रममार्फत आर्थिक सङ्कलन गर्दै आएका हुन् । 

दरैले खिचेका फोटो हेर्न आएका सर्वसाधारणको भीड लाग्ने गरेको छ भने फोटो अवलोकनपश्चात् मन परेका फोटो खरिद गरेर लैजाने गरेको भण्डारीले बताए ।

Skip This
Skip This
Logo