बाँदरलाई पड्काएकाे बन्दुक साथीलाई लाग्दा घाइते, अभियुक्त पक्राउ

बाँदरलाई पड्काएकाे बन्दुक साथीलाई लाग्दा घाइते, अभियुक्त पक्राउ

केन्द्रबिन्दु
0
Shares

आमचोक गाउँपालिका-७ देवानटारबाट १ थान भरूवा बन्दुक सहित सोही ठाउँ बस्ने ३५ बर्षीय प्रेम बहादुर नेवारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रेम बहादुर र सोही ठाउँ बस्ने ५३ बर्षीय जितबहादुर मगर सोही ठाउँस्थित मान्द्रेकुमताला सामुदायिक वनमा भरुवा बन्दुक बोकी बाँदर खेदाउने क्रममा उक्त बन्दुक अचानक पड्किन गई जितबहादुर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बोयाङबाट खटिएको प्रहरीले उक्त भरूवा बन्दुक सहित प्रेमबहादुरलाई पक्राउ गरेको हो ।

घाइते जितबहादुरलाई उपचारको लागि धरान घोपातर्फ लगिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Skip This
Skip This
Logo