बाँकेको नरैनापुरमा आगलागी हुँदा १२० घर जलेर नष्ट भएका छन् । गोठबाट सल्किएर सुरु भएकाेले आगोले १२० घर पूर्ण रुपमा जलेकाे हाे
नरैनापुर गाउँपालिका वडा नं. ४ को खोदवा गाउँमा शनिबार अपराह्न साढे तीन बजेतिर लागेको आगो राति १ बजेमा नियन्त्रणमा आएकाे प्रहरीले जनाएकाे छ । आगो निभाउने क्रममा चार जना घाइते भएका छन् ।
फकिर खाँको गोठबाट सुरु भएको आगलागी बस्तीमा फैलिएर १२० घर खरानी हुँदा कराेडौंकाे क्षति भएकाे प्रहरीले अनुमान गरेकाे छ । क्षतिकाे पूर्ण विवरण भने मुचुल्का सकिएपछि मात्र थाहा हुने प्रहरीले जनाएकाे छ ।































प्रतिक्रिया