काभ्रे ।
काभ्रेमा आज ३३ जना नयाँ संक्रमित थपिएका छन् । दैनिक ३० देखि ५८ जनासम्म नयाँ संक्रमित थपिने गरेको जिल्लामा शनिबार भने यो दर ह्वात्तै घटेको थियो । शुक्रबार एकैदिन ३७ जना कोरोना संक्रमित थपिएकामा शनिबार यो संख्या ५ जनामा सिमीत रहेको भएपनि आज पुनः बढेको छ । नयाँ थपिएका ३३ जनासँगै जिल्लामा कूल संक्रमितको संख्या १ हजार २४० पुगेको छ ।
गत हप्ताको शुरु आइतबार ४३ जना र सोमबार ३७ जना थपिएका थिए । मंगलबार ५८ जना थपिएका थिए भने बुधबार ४० जना नयाँ संक्रमित थपिएका थिए । विहिबार ३१ जना थपिएको जिल्लामा शुक्रबार ३७ जना थपिएका थिए।
जसमध्ये ६८६ जना निको भएका छन् । जिल्लामा २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ७ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र १३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये बनेपाका १० जना, मण्डनदेउपुरका ३ , पनौतीका १७, पाँचखालका २ र बेथानचोकका १ जना रहेका छन् ।






























प्रतिक्रिया